English

कसरी थाहा पाउने स्तन क्यान्सर



हाम्रो शरीर धेरै स–साना कोष र कोशिकाहरु मिलेर बनेको हुन्छ । यसमा कोशिकाहरुको एक समूह अनियन्त्रित वृद्धि वा सामान्य भन्दा धेरै फैलिन्छ र अरु स्वस्थ कोशिकाहरुलाई पनि क्षति पु-याउँछ भने त्यसलाई क्यान्सर भनिन्छ । क्यान्सर धेरै प्रकारको हुन्छ तर आज हामी स्तन क्यान्सरको बारेमा चर्चा गर्न गईरहेका छौँ । स्तन क्यान्सर भएको कसरी थाहा पाउने र स्तन क्यान्सरको जोखिम कसरी कम गर्ने भन्ने विषयमा डा.अरुण शाहीको सुझाव यस्तो छ ।

लक्षण

– स्तनमा नयाँ गिर्खा तथा गाँठोहरु देखिनु
– स्तनको आकार र प्रकारमा परिवर्तन आउनु
– स्तन दुख्नु वा सुन्निनु
– स्तनमा खाल्टो पर्नु
– स्तनको मुन्टोबाट रगत अथवा तरल पदार्थ आउनु
– शरीरको अनावश्यक तौल घट्नु
– स्तनको रङ परिर्वतन हुनु

कारण

– परिवारमा आमा, दिदि, हजुरआमा कसैलाई स्तन क्यान्सर भएको छ भने वंशाणुगत कारणले पनि क्यान्सर हुनसक्छ ।
– हर्मोनहरुको गडबडीले पनि स्तन क्यान्सर हुनसक्छ ।
– नियमित मदिरा सेवन गर्ने महिलामा ।
– बढी उमेरमा बच्चा जन्माउने महिलालाई पनि स्तन क्यान्सरको सम्भावना हुन्छ ।
– दूध खुवाउने महिलाले बच्चालाई दूध खुवाएनन् भने पनि यसको जोखिम बढ्छ ।

जोखिम कम गर्ने उपाय

– रक्सी तथा सुर्तिजन्य पदार्थबाट टाढा रहनुपर्छ ।
– स्तनपान गराउनु पर्छ ।
– शरीरको तौलको लेबल स्वस्थ राख्नुपर्छ ।
– योगा, कसरत र दैनिक शारीरिक ब्यायाम गर्नु र पौष्टिक खानेकुरा खानुपर्छ ।
– ढिलो विवाह गर्ने र ढिलो बच्चा जन्माउँदा पनि स्तन क्यान्सरको जोखिम हुने भएको २२ देखि २६ वर्षको उमेर सम्ममा विवाह गर्नुपर्छ र ३० वर्ष भित्र बच्चा जन्माउनु पर्छ ।
– स्तन क्यान्सरलाई सुरुको अवस्थामा पहिचान गरेर उपचार गर्नुपर्छ भन्ने सन्देश सम्पूर्ण महिलासम्म पु-याउनु पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested