English

मेलम्चीको बाढीमा २ को मृत्यु, चिनियाँ र भारतीयसहित १४ जना सम्पर्कबिहिन (नामावलीसहित)



सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीका कारण हालसम्म २ जनाको निधन भएको छ भने अन्य १४ जना सम्पर्कबिहिन छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्र.जि.अ बाबुराम खनालका अनुसार हालसम्म दुई जना चिनियाँ नागरिकको शव फेला परेको छ । यु चिझु र गोङ टियान छियोको शव फेला परेको हो ।

खनालका अनुसार हेलम्बु गाउँपालिका वडा नम्बर १ नाकुत्ते भन्दा ५ सय मिटर माथिको भू-भागबाट गएको भीषण पहिरोका कारण मेलम्ची नदी थुनिएपश्चात उक्त बाँध फुट्दा नदीको बहाब बढेको थियो । जसकारण मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको हो ।

प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाको गोरखबक्स गणका गणपति, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं.१६ गणका गणपति र राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख समेतको उपस्थितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय पालिकाका बासिन्दाहरुबाट खोज तथा उद्दार कार्य भइरहेको जनाइएको छ । साथै बाढीमा परेका ७४ जना भन्दा बढीको उद्दार गरीएको छ । उद्दार गरिएका मध्ये ५ जना घाईते छन् ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उक्त बाढीबाट मेलम्ची नगरपालिकाका अन्दाजी ६ सय र हेलम्बु गाउँपालिकाका अन्दाजी ३ सय जना स्थानीय बासिन्दा प्रभावित भएका छन् ।

बेपत्ता भएकाहरु:

माधव भण्डारी, उमेर ३१, हेलम्बु गा.पा. २ किउल, सिन्धुपाल्चोक ।
गणेश ज्योती, उमेर ४२, हेलम्बु गा.पा २, चुरेटार ।
टीकामाया खड्का, उमेर ६६, हेलम्बु गा.पा २, पाल्चोक, शेरा ।
ज्ञानेन्द्र कक्षपती, उमेर ५५, हेलम्बु गा.पा. २, चनौटे ।
सुरेन्द्र नेपाल, वर्ष २३, चौतारा, साँगाचोकगढी, नगरपालिका ।
घ्याडा तामाङ, वर्ष ५० हेलम्बु गा.पा.६, किउलपारी ।
काली तामाङ, वर्ष ४२, हेलम्बु गा.पा. किउलपारी ।
साइंली तामाङ, वर्ष ५०, हेलम्बु गा.पा. ३, चनौटे ।
रेशम लाल सार्की
हेमराज घिमिरे
कमल लोचन महातो, भारत
विजयी वासुमन्तरी, भारत
जिनडाओ बासुमन्तरी, भारत
सन यु चुवान, चीन

उद्दार खटिएका जनशक्ति
क. नेपाली सेना

१. श्री गोरख बक्स गण चौताराबाट सह सेनानीको कमाण्डमा ३७ जना
२. मेलम्ची सुरक्षा पोष्टबाट सेनानी अमुल बुढाथोकीको कमाण्डमा १५ जना । ३. विशेष फौज बाहिनीको फौजसहितको २ वटा हेलिकप्टर

ख. नेपाल प्रहरी

१. ०६: २५ बजे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट प्र.ना.उ. को कमाण्डमा १५ जना ।
२. ०९:३० बजे जि.प्र.का.बाट प्र.य.को कामाण्डमा ५ जना । ३. ई.प्र.का. मेलम्चीबाट प्र.नि.को कमाण्डमा २० जना ।
४. ई.प्र.का.हेलम्बुबाट प्र.ना.नि.को कमाण्डमा ८ जना ।
५. प्र.चौ. तालामाराइङबाट प्र.स.नि.को कमाण्डमा ५ जना ।
६. विपद् व्यवस्थापन गुल्म हेटौँडाबाट प्र.ना.नि.को कमाण्डमा २५ जना ।

ग.सशस्त्र प्रहरी बल

१. १६ नं. गण बन्देउबाट स.प्र.उ. को कमाण्डमा ५१ जना ।
२. खानेपानी सुरक्षा बेशबाट स.प्र.नि.को कमाण्डमा ९ जना ।

यो पनि पढ्नुहोस्
कोरोना खोपबारे भ्रम र यथार्थ
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
देशभर बाढी र पहिरोको बितण्डा (फोटो फिचर)
यातायात व्यवसायीको आक्रोश : ‘सरकारले आन्दोलनको भाषा मात्रै बुझ्छ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested