English

मेलम्चीमा बाढीको वितण्डा

रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)



इन्द्रावती नदीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार बगरमा परिणत भएको छ । मंगलबार साँझबाट एक्कासी नदीमा आएको बाढीका कारण मेलम्ची अस्तव्यस्त बनेको हो ।

बाढीले नदी आसपासका कैयौं घर बगाएको छ । साथै, १५ जना सम्पर्कविहिन र २ जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

मृतकमध्ये १ जना गोङ्तियान्छियो नामका चिनियाँ नागरिक रहेका छन् भने अर्का एकजनाको सनाखत हुन सकेको छैन । चिनियाँ नागरिकको शव मेलम्ची बजारभन्दा २ सय मिटर तल फेला परेको थियो भने अर्काको इन्द्रावती गाउँपालिका–७ मा फेला परेको खनालले जानकारी दिए ।

‘बिहानसम्म २० जना सम्पर्कबिहिन भन्ने जानकारी आएको थियो,’ खनालले भने, ‘बेपत्ता भनिएका मध्ये १ जनाको शव फेला पर्यो भने थप ४ जना धुलिखेलबाट सम्पर्कमा आएका छन् त्यसैले अब १५ जना सम्पर्कविहिन छन् ।’

बाढीबाट मेलम्ची नगरपालिकाका अन्दाजी ६ सय र हेलम्बु गाउँपालिकाका अन्दाजी ३ सय जना स्थानीय बासिन्दा प्रभावित भएको छ ।

बाढीले सडक पूर्ण अवरुद्ध बनेको छ । हालसम्म ५ वटा झोलुंगे र ४ वटा पक्की पुल बगाएको छ । यसैगरी, ७ वटा ट्राउट माछा फार्म बगाएको सहायक प्रजिअ खनालले बताए ।

नाकुत्तेभन्दा ५ सयमिटर माथि ठूलो पहिरो गएर मेलम्ची नदी थुनिएको बाँध फुट्न गई नदीको बहाब बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

इन्द्रावती नदी आसपासका सबै नागरिकहरु आफ्नो घर छोडेर सुरक्षित ठाउँमा बसिसकेका छन् । यद्यपि, राहतको खाँचो परेको बाढी पीडित गोपाल दुलाल बताउँछन् । नदी किनारमै रहेको दुलालको बाढीले बगाउनै आँटेको छ ।

२ वर्ष अघि ८० लाख लगानीमा निर्माण गरेको घर बाढीले बगाउन लाग्दा उनको मन भक्कानिन्छ । ‘घर त बगाइहाल्छ कतिबेला हो,’ उनले भने, ‘ज्यान जोगायौं अब हामीलाई गाँस र बासको समस्या छ ।’ गोपालजस्तै, अधिकांश मेलम्चीबासीको गुनासो यही छ । त्यसो त मेलम्ची राहतको पर्खाइमा छ ।

तस्बिर:मेरोलाइफस्टाइल

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested