English

वर्षेनी बढ्दै सर्पदंशका बिरामी : देशभर कहाँ-कहाँ हुन्छ उपचार ?



वर्षा याममा सर्पदंशको घटना निकै बढ्छ । सर्पले टोकेपछि समयमा अस्पताल पुर्याउन नसक्दा वर्षेनी धेरैको मृत्यु हुने गरेको छ ।

सर्पले टोकेको उपचार सबै ठाउँमा नहुनु र यातायातको असुविधा जस्ता समस्याले पनि बिरामीको मृत्यु हुने गर्दछ भने अर्कोतर्फ सर्पको टोकाइ पश्चात् अन्धविश्वासको पछाडी लागेर पनि ज्यान जोखिममा परेको पाइन्छ ।

तराई र पहाडी क्षेत्रमा सर्पले टोकेपछि गाउँघरमा विभिन्न घरेलु उपचार गर्ने कोशिस गरिन्छ । जसकारण बिरामीले अकालमै ज्यान गुमाउने गरेको र कतिपयको शरीरको अंग नै काट्नु परेको टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन् ।

असार र साउनको महिनामा औसतमा ७० देखि ८० जनाको हाराहारीमा टेकु अस्पतालमा सर्पको टोकाइका विरामीहरु भर्ना हुने गरेका छन् । सुविधा सम्पन्न अस्पतालहरु रहेको काठमाडौं उपत्यकामा त यतिको संख्यामा सर्पदंशका विरामीहरु भर्ना हुने गरेका छन् भने तराई क्षेत्रका बिरामीको अवस्था के होला ? हामीले सहजै यसको अनुमान लगाउन सक्छौँ ।

‘सर्पले टोकेमा घरयासी उपचार गर्नु भन्दा जति सक्दो अस्पताल लैजानु पर्छ’, पुन भन्छन्, ‘पहाडी क्षेत्रमा भन्दा तराई क्षेत्रमा घरेलु उपचार बढी हुन्छ, समयमै बिरामीलाई उचित उपचार दिन नसकिने भएकाले मृतकको संख्या धेरै छ ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार २०७७ मा ४६ वटा सर्पदंशका घटना भएका थिए । जसमध्ये १८ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

सर्पले टोकेमा के गर्ने र के नगर्ने, के नगर्ने ?

–सर्पले टोकेपछि कपडा, डोरी र रबरले टाइट नकस्ने । कस्दा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन । जसकारणले टोकेको अंगका भागको रक्तकोषिका मर्छ र कालो हुन्छ यस्तो भएमा अंग नै काट्नुपर्ने अवस्था आउनसक्छ ।
–सर्पले टोकेको ठाउँमा चुस्ने र कुखुरालाई विष नथुताउने । यस्तो गरेमा बिरामीको मृत्यु समेत हुनसक्छ ।
– सर्पले टोकेको भागमा ढुङ्गाले नघोट्ने, ब्लेड तथा धरिलो हतियारले नकाट्ने । यस्तो गरेमा टिट्नास हुने खतरा हुन्छ र जोखिम बढ्छ ।
–सर्पले टोकेका बिरामीलाई धामी झाँक्रीकोमा नलैजाने । बिरामीलाई यताउता लैजाँदा धेरै समय खेर जान्छ जसकारणले पूरै शरीरमा विष फैलिएर खतरा बढ्छ ।

के गर्ने ?

–सर्पले टोके व्यक्तिले कुनै टाइट कपडा लगाएको छ भने खोलिदिने ।
–टोके घाउभन्दामाथि कपडाले वा कुनै ब्यान्डेजले हाल्का बाँध्ने । ताकी रगत बग्न पाओस् ।
– सर्पदंशको उपचार हुने अस्पतालको जानकारी राख्ने । यदि सर्पले टोकेमा बिरामीलाई जतिसक्दो चाँडो अस्पताल लैजाने ।

बढ्दै सर्पदंशको घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार २०७७ मा ४६ वटा सर्पदंशका घटना भएका थिए । जसमध्ये १८ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । यसैगरी २०७६ मा ३५ वटा घटना भएको छ र यसमध्ये २६ जनाले ज्यान गुमाएका छन् भने ८ जना घइते भएका छन् । यसैगरी २०७५ मा १२ वटा घटनामा १० जना गुमाए र ३ जना घाइते भएका छन् । सर्पको टोकाईबाट हुने घटनाबाट अधिकांशको मृत्यु हुने गरेको प्राधिकरणको तीन वर्षे तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ०७५ देखि ०७७ सम्म बर्षेनी बढेको छ ।

वर्षेनी सर्पदंशको संख्या बढे पनि के कारणले बढेको हो अझै अनुसन्धान नभएको प्राधिकरणका प्रवक्ता लिलाधर अधिकारी बताउँछन् । ‘मान्छेमा जनचेतनाको कमिले सर्पदंशको घटना बढेको हो,सर्पले टोकेमा गाउँघरमा धामिझाँक्रीको विरामीलाई लैजाने प्रबृति अझै छ’, उनले भने ।

यसैगरी जिल्ला प्रमुख अस्पतालहरुमा ‘एन्टि स्नेक भेनम’ नामक औषधि उपलब्ध गराएको उनको भनाई छ । सर्पदंशक उपचारका लागि ८७ वटा अस्पताल रहेको प्राधिकरणले जनाएको छ ।

कुन जिल्लामा कहाँ हुन्छ सर्पदंशको उपचार ?

झापा जिल्लामा ३ वटा अस्पतालमा सर्पदशको उपचार हुने गरेको छ । सर्पदंश उपचार केन्द्र, चारआली, नेपाल रेडक्रस उपशाखा, सर्पदंश उपचार केन्द्र, दमक र सामुदायिक सर्पदंश उपचार केन्द्र, मैदार, सुरुङ्गा रहेको छ । यसैगरी मोरङमा पनि ३ वटा उपचार केन्द्र रहेको छ । कोशी अस्पताल, विराटनगर, सामुदायिक सर्पदंश उपचार केन्द्र, सिजुवा, जिल्ला अस्पताल, रंगेली रहेका छन् ।

त्यस्तै सुनसरी जिल्लामा अस्पताल, सुनसरी, वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र सामुदायिक सर्पदंश उपचार केन्द्र, इटहरी हुन् । सप्तरीमा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज रहेको छ । त्यस्तै सिरहामा जिल्ला अस्पताल, सिरहा, जयकाली सर्पदंश उपचार केन्द्र, चौहर्वा र जयकाली सर्पदंश उपचार केन्द्र, बन्दीपुर हुन् ।

यसैगरी उदयपुरमा ६ वटा सर्पदंशका अस्पताल रहेका छन् । जिल्ला अस्पताल, उदयपुर, नं १८ फियगुल्म, भुल्के, गाईघाट, बेल स्रोत ब्यारेक, उदयपुर, आर्मी ब्यारेक, काँडाघारी, उदयपुर, सर्पदंश उपचार केन्द्र, त्रिवेणी र बेल सोट्स ब्यारेक, गाईघाट हरेका छन् । त्यस्तै धनुषामा सर्पदंशका २ वटा अस्पतालमा उपचार हुने गरेको छ । प्रादेशिक अस्पताल, जनकपुर र प्राथमिक स्वास्थ्य केन्द्र, सबैला रहेका छन् ।

महोत्तरी ४ वटा अस्पतालमा सर्पदंशको उपचार हुने गरेको छ । जिल्ला अस्पताल, महोत्तरी, प्राथमिक स्वास्थ्य केन्द्र, गौशाला, बर्दिबास अस्पताल, बर्दिबास र सामुदायिक सर्पदंश उपचार केन्द्र, गौरीडाँडाँ रहेका छन् भने सिन्धुलीमा ५ वटा अस्पतालमा सर्पदंशको उपचार हुन्छ । जिल्ला अस्पताल, सिन्धुली, प्राथमिक स्वास्थ्य केन्द्र, सिर्थौली, स्वास्थ्य चौकी, दुधौली, स्वास्थ्य चौकी, हर्साही र प्रहरी तालिम केन्द्र, दुधौली रहेका छन् ।

यसैगरी सर्लाहीमा ५ वटा अस्पतालमा सर्पदंशको उपचार हुने गरेको छ । जिल्ला अस्पताल, मलंगवा, सर्लाही, नेत्रगंज सर्पदंश उपचार केन्द्र, सर्लाही, नवलपुर सर्पदंश उपचार केन्द्र(प्राथमिक स्वास्थ्य केन्द्र), प्राथमिक स्वास्थ्य केन्द्र, अचालगढी र प्राथमिक स्वास्थ्य केन्द्र, बरथहवा रहेका छन् ।

रौतहटमा जिल्ला अस्पताल, गौर र रौतहट र चन्द्रनिगाहपुर अस्पताल, रौतहटमा सर्पदंशका बिरामीहरुको उपचार हुने गरेको छ । यसैगरी बारामा ३ वटा अस्पतालमा सर्पदंशको उपचार हुने गरेको छ । जिल्ला अस्पताल, बारा, प्राथमिक स्वास्थ्य केन्द्र, निजगढ र सर्पदंश व्यवस्थापन केन्द्र, कोलाभी हुन् ।

त्यस्तै पर्सामा नारायणी अस्पताल, वीरगञ्ज र पोखरिया अस्पताल, पर्सा हुन् भने काठमाडौंका ५ वटा अस्पतालमा सर्पदंशको उपचार हुने गरेको छ । ईपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु, शुक्रराज ट्रपीकल अस्पताल, टेकु, बीर अस्पताल,कान्ती बाल अस्पताल, महाराजगञ्ज र टिचिङ्ग अस्पताल, महाराजगञ्ज हुन् ।

ललितपुरको पाटन अस्पतालमा सर्पदंशको उपचार हुन्छ भने चितवनको भरतपुर अस्पतालमा सर्पदंशको उपचार हुन्छ ।

नवलपरासीको ७ वटा अस्पतालमा सर्पदंशको उपचार हुने गरेको छ । जिल्ला अस्पताल, नवलपरासी, चिसापानी अस्पताल, कालीगण्डकी अस्पताल, मध्यबिन्दु सामुदायिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, त्रिवेणी, प्राथमिक स्वास्थ्य केन्द्र, दुम्कौली र शहीद मेमोरियल सामुदायिक अस्पताल, चौपट्टा रहेका छन् ।

त्यस्तै रुपन्देही जिल्लाको भीम अस्पताल, भैरहवा र लुम्बिनी अस्पताल, बुटवल गरी २ वटा अस्पतालमा सर्पदंशको उपचार हुने गरेको छ । त्यस्तै कपिलवस्तुको बहादुरगञ्ज अस्पताल, कपिलवस्तु, तौलीहवा अस्पताल, कपिलवस्तु र सर्पदंश उपचार केन्द्र, गोरुसिङ्गे हुन् । पाल्पाको रामपुर अस्पतालमा सर्पदंशको उपचार हुने गरेको छ भने कास्कीको गण्डकी अस्पतालमा सर्पदंशको उपचार हुन्छ ।

यसैगगरी बाँकेको भेरी प्रादेशिक अस्पताल, नेपालगञ्ज र सर्पदंश उपचार केन्द्र, सेनाबार अस्पतालमा उपचार हुने गरेको छ । सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा सर्पदंशको उपचार हुन्छ भने बर्दियाको जिल्ला अस्पताल, गुलरियामा सर्पदंशको उपचार हुने गरेको छ ।

यसैगरी दाङको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही र प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार हुन्छ । कैलालीको ४ वटा अस्पतालमा सर्पुदंशको उपचार हुने गरेको छ, सेती प्रादेशिक अस्पताल, धनगढी, टिकापुर अस्पताल, कैलाली, सर्पदंश उपचार केन्द्र, टेघरी र सर्पदंश उपचार केन्द्र, बडेपुरमसुरीया, कैलाली रहेका छन् ।

यसैगरी कञ्चनपुर जिल्लाको ८ वटा अस्पातलमा सर्पदंशको उपचारर हुने गरेको छ । महाकाली अस्पताल, कंचनपुर, श्री २ नं गण, महेन्द्रनगर, सर्पदंश उपचार केन्द्र, भगतपुर, नं २५ फियगुल्म, अर्जुनी, कञ्चनपुर, श्री भवानी बक्सगण, मझगाउँ ब्यारेक, श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बेलौरी, बेलडाँगी प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुर र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनपुर हुन् ।

डडेलधुरा जिल्लाको जोगबुटा अस्पतालमा सर्पदंशको उपचार हुन्छ भने अछाम जिल्लाको जिल्ला अस्पताल, मंगलसेनमा सर्पदंशको उपचार हुने गरेको छ । बाजुराको जिल्ला अस्पताल, मार्तडीमा सर्पदंशको उपचार हुने गरेको छ भने डोटीको जिल्ला अस्पताल र सामुदायिक प्रहरी सर्पदंश उपचार केन्द्र, दिपायलमा सर्पदंशको उपचार हुन्छ ।



...
Cerys

References: Same day payout pokies payid new payid pokies australia

...
Jose

References: Payid pokies no deposit bonus https://www.tianjinzhaopin.cn

...
Tangela

References: Candy96 promo code jobcopae.com

...
Carmen

References: Jack Casino Bewertung google.vu

...
Laura

References: Candy96 Casino review https://winesandjobs.com/

...
Jasmine

References: 711 Casino Login bbs.medicalforum.cn

...
Emilia

References: %random_anchor_text% https://tsnasia.com/

...
France

References: Royal Casino App s3.amazonaws.com

...
Dylan

References: Lollybet Casino No Deposit http://nashi-progulki.ru/bitrix/rk.php?goto=https://lollybet.com.de/

...
Fidel

References: Lollybet Casino Slots clients1.google.pn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested