English

बेलायतका लागि नेपाली राजदूतद्वारा महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश



बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजाबेथ द्वितीयसमक्ष बुधवार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बुधवनर लण्डनको बकिंघम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत रेग्मीले ‘भर्चुअल’ रुपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उक्त समारोहमा रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृद्धिको कामना गरेका थिए ।

ओहोदाको प्रमाण पत्र बुझ्दै महारानीले राजदूतलाई बधाई तथा सफल कार्यकालको शुभकमना दिएकी थिइन् । महारानीले बेलायत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गर्दै नेपालको विकासमा सहयोग गर्ने बेलायत सरकारको प्राथमिकता रहेको बताएकी थिइन् ।

आफूले गरेका नेपालको दुईवटा ऐतिहासिक भ्रमण स्मरण गर्दै महारानीले नेपालमा कोरोना संक्रमण र खोपको अवस्थाबारे समेत चासो व्यक्त गरेको लण्डनस्थित नेपाली दूतावासले बुधवार जनाएको छ ।

सो समारोहमा राजदूत रेग्मीले ब्रिटेन नेपालबीचको दुई सय वर्ष भन्दा लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक( आर्थिक विकासमा पुर्याएको सहयोगप्रति सरहाना गरेका थिए । साथै कोभिडविरुद्धको लडाईंमा बेलायती सहयोगका लागि पनि राजदूतले धन्यवाद दिएका थिए ।

उक्त समारोह बकिंघम प्यालेसबाट विन्जर क्यासलमा भिडियो लिंकमार्फत भएको थियो । महारानी एलिजाबेथ हाल विन्जर क्यासलमा बस्दै आएकी छन् ।
लोक दर्शन रेग्मी बेलायतका लागि २१ औं नेपाली राजदूतको रुपमा कार्यभार सम्हाल्दै आएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested