English

महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?



पुरुष र महिलाको सेक्सुअल बिहेवियरलाई लिएर हालै मात्र एक स्टडी भएको छ । यो स्टडी अष्ट्रेलियाको क्वीसल्याण्ड यूनिभर्सिटीका शोधकर्ताहरुले गरेका हुन् । उनीहरुले पार्टनरलाई लिएर पुरुष र महिलाको प्राथमिकता फरक फरक हुने गरेको बताएका छन् । साथै यो उमेरको हिसावमा परिवर्तन हुनेछ ।

सेक्स सर्वे

अध्ययनका अनुसार, युवा पुरुष महिलासँग शारीरिक रुपमा आकर्षित हुन्छन् भने महिला भावनात्मकताको खोजीमा हुन्छिन् । डा. स्टीफन ह्वाइटले भनेका छन्, स्टडीमा केही पुरानो शोधलाई पनि समर्थन गरिएको छ । १८ देखि ४० वर्ष उमेर समूहमा पुरुष र महिला एकअर्काको अपीयरेन्सको आधारमा धेरै आकर्षित हुन्छन् । यो समयमा उनीहरुको फर्टीलिटी पीकमा हुन्छ, तर उमेरका साथसाथै यो कम हुँदै जान्छ । त्यसपछि व्यवहार र व्यक्तित्वलाई प्राथमिकता दिएको अध्ययनले बताएको छ ।

सेक्स सर्वे 5

त्यस्तै २० देखि ३० वर्ष उमेर समूहकाले लुक्सलाई धेरै मन पराउँछन् । यो अध्ययनका लागि शोधकर्ताहरुले १८ देखि ६५ उमेरका हजार बढी अष्ट्रेलियाली नागरिकको डेटा अध्ययन गरेको थियो । यी सबैले सेक्स सर्भेमा भाग लिएका थिए । शोधकर्ताहरुले भाग लिनेहरुलाई सेक्सुअल अट्रेक्शनसँग जोडिएका कुराको सल्लाह लिएका थिए । यी ९ कुरा उमेर, आकर्षण, शारीरिक बनावट, वुद्धि, शिक्षा, आय, विश्वास, स्वतन्त्रता र भावनात्मक सम्बन्ध थिए ।

सेक्स सर्वे

अध्ययनका अनुसार महिलाको तुलनामा पुरुषले शारीरिक बनावटमा महत्व दिएका थिए । आयलाई कम महत्व दिने कुरामा स्त्रीपुरुषको एउटै राय थियो । पुरुषको तुलनामा महिलाले शिक्षा र बुद्धिमतालाई धेरै महत्व दिएका थिए । त्यस्तै पुरुषले महिलाको खुल्ला विचारलाई महत्वपूर्ण मानेका थिए । एजेन्सीको सहयोगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested