English

राधा पौडेल फाउन्डेसनलाई बेलायतबाट १८ लाख २५ हजार ४ सय ४३ रुपैयाँ सहयोग



राधा पौडेल फाउन्डेसनलाई कोरोना राहत स्वरुप बेलायतबाट १८ लाख २५ हजार ४ सय ४३ रुपैयाँ सहयोग हस्तान्तरण भएको छ । बेजिङ्गस्टोक निवासी सामाजिक अभियन्ता एवं ग्लोवल साउथ कोएलिसन फर डिग्नीफाइड मेनस्ट्रेसन युके च्याम्परको को–अर्डिनेटर सुधा गुरुङको सक्रियतामा उक्त रकम संकलन भएको थियो ।

संकलित रकममध्ये १४ लाख ३३ हजार ५ सय ३५ रुपैयाँ बि एफ बि एस गोर्खा रेडियोका स्टेशन म्यानेजर बिनोदध्वज खड्काले गुरुङको अनुरोधमा फाउन्डेसनकी अध्यक्ष राधा पौडेललाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, गुरुङको अभियानमा बाथ, बेलायतस्थित याक यति याक फाउन्डेसनले ३ लाख २९ हजार २० रुपैयाँ सहयोग गरेको थियो ।
फाउन्डेसनसहित सहारा युकेका संस्थापक नविन गुरुङको संयोजकत्वमा सपोर्ट नेपाल युके टिम, एसियन महिला एसोसिएसन र बजिङ्गस्टोक साई समितिले यो अभियानमा साथ दिएका छन् ।

बेलायतमामात्र नभएर भारत, बु्रनाई, हङकङबाट समेत आफ्नो अभियानमा सहयोग प्राप्त भएको गुरुङ बताउँछिन् । गुरुङको अगुवाईमा हालसम्म नेपालमा विभिन्न संघ संस्था तथा आपत्विपतका बेला विभिन्न व्यक्तिहरुलाई समेत सहयोग हुँदै आएको थियो ।

यसैगरी, राधा पौडेल फाउण्डेसनले २० अक्सिजन कन्सन्ट्रेटर, १ सय पल्स अक्सिमिटर, १ सय वटा पीपीई सेट, १ हजार फेस सिल्ड, ९ सय २० महिनावारी प्याड, ५ हजारवटा मास्क लगायतका सामान गत साता नै वितरण गरिसकेको छ ।

यी सामानहरु नगर कोभिड अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगन्ज, मादी अस्पताल चितवन, परासी अस्पताल (पश्चिम), गजुरी पब्लिक हेल्थ सेन्६र, नारायणी उप–क्षेत्रीय अस्पताल वीरगन्ज, जौबारी पब्लिक हेल्थ सेन्टर गोरखा, आँप पिपल अस्पताल गोरखा लगायतका अस्पतालमा वितरण गरिएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested