English

निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)



बाह्रै महिना पर्यटकको घुँइचो लाग्ने पुर्वी नेपालको प्रमुख पर्यटकीय केन्द्र हो कन्याम । इलाम जिल्लामा पर्ने यो थलो प्राकृतिक सुन्दरताको अनुपम उपहार हो । चारैतर्फ चियाबगानले ढाँकिएको यो ठाउँ कुनै चित्रकारले कोरेको बेजोड कला झै लाग्छ । देशमा निशेधाज्ञा छ, यतिबेला कन्यामको अवस्था कस्तो होला ? सम्भवतः त्यहाँ पुग्नुहुने धेरैलाई यो कौंतुहलता हुनसक्छ । शुक्रबार हामी त्यहाँ पुग्दा कन्यामको सुन्दरता अझै निखारिएको पायौं । फरक थियो त सधैंको भीडभाड र त्यो कोलाहल । यतिबेला शान्त छ कन्याम । निषेधाज्ञामा निदाएको छ । लाग्थ्यो, यसले पनि लामो आराम खोजिरहेको थियो ।

यहाँको मौसमले छिनछिनमै लुकामारी खेलिरहन्छ । छिनमै घाम, छिनमै पानी, छिनमै कुहिरो । हामी केहीघण्टा त्यहाँ बस्दासमेत यही दृष्य दोहोरियो । कोही सवारीसाधन सिकिरहेका र कोही सडकमै खेलिरहेका देखिन्थे । यि सबै दृष्य चुपचाप हेरिरहेछ कन्याम, दिनहुँ सयौं मानिस यहाँको सुन्दरता हेर्न पुग्थे । यतिबेला कन्याम आफ्नै आँखाले आफ्नो सुन्दरता नियालिरहेको छ, चुपचाप…, चुपचाप… । बाँकी तस्बिर आफै बोल्छ ।

तस्बिरहरु : अशोक गुरुङ(कन्याम,इलाम)/मेरो लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

चैत ६, काठमाडौं। जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको नेपालकै अग्रणी विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन

Latest










Popular
Suggested