English

डा. भोला रिजालको नजरमा पढ्नै पर्ने ५ पुस्तक



स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल एक पुस्तक प्रेमी व्यक्ति हुन् । उनले धेरै उत्कृष्ट पुस्तकहरु अध्ययन गरिसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहरले गर्दा यतिबेला निषेधाज्ञा छ । सबै मानिसहरु घरभित्रै छन् । यस्तो बेलामा पुस्तक पढेर पनि समय कटाउन सकिन्छ । अब कस्तो किताब पढ्ने भन्ने दुबिधामा हुनुहुन्छ भने डा. रिजालको सिफारिस यस्ता छन् :

तरुण तपसी

तरुण तपसी लेखनाथ पौड्यालको एउटा उत्कृष्ट रचना हो । उहाँको कलम सैद्धान्तिक र व्यवहारीक दुवै किसिमको क्षेत्रमा चलेको छ । उनको रचनाहरु एकदमै सरल भाषामा लेखिएको हुन्छ । यो पुस्तकले समाजमा एक किसिमको ज्ञान फैलाएको छ । त्यसैले यो पुस्तक मलाई असाध्यै मन पर्छ ।

मुनामदन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय पुस्तक मुनामदनको सरल भाषाले गर्दा यो पुस्तक सबै उमेरसमुहको प्रिय बनेको छ । महाकवि देवकोटाले यस पुस्तकमा प्रयोग गर्नुभएको भाषा शैली विषयवस्तु अहिले पनि हाम्रो समाजसँग मिलिरहेको छ । त्यसैले यो पुस्तक पनि मलाई प्रिय लाग्छ ।


चिना हराएको मान्छे

हरिवंश आचार्यको चिना हराएको मान्छे पनि एक उत्कृष्ट पुस्तक हो । यसमा हरिवंश आचार्यको जीवनको उतारचढावका विषयमा चर्चा गरिएको छ । यस्ता बहुआयामिक व्यक्तित्वहरुको जीवन कस्तो छ ? अभिनय गरेर अरुलाई पेट मिची मिची हँसाउने र धरधरी रुवाउन पनि सक्ने यी महान् कलाकार आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन् जस्ता अनेक प्रसङ्गहरुको बेलिबिस्तार चिना हराएको मान्छेमा समावेस छ ।


महको म

हरिवंश आचार्यद्धारा लिखित चिना हराएको मान्छे पढिसकेपछि मदनकृष्ण श्रेष्ठको महको म पढ्न छुटाउने त कुरै भएन । यस किताबले जीवनमा आइपर्ने उतार चढावहरुसँग कसरी लड्ने भन्ने कुरा सिकाउँछ । यस पुस्तकले जीवन जीउने कला सिकाउँछ त्यसैले यो पुस्तक पनि उत्कृष्ट पुस्तकहरुको सुचिमा पर्छ ।

रामायण


आदिकवि भानुभक्त आर्चायले नेपाली भाषामा लेख्नुभएको रामायण कथा पनि पढ्नै पर्ने पुस्तक भित्र पर्छ । उनले नेपाली भाषामा लेखेको रामायणले नेपाली भाषालाई एउटा उचाइमा पु¥याएको छ । रामायणमा भएको कथा पनि आफैमा उत्कृष्ट भएकोले यो किताब सबैले एक पटक पढ्नै पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested