English

कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि



काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ आज, शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ। चलचित्रले सन् २०२६ को कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ हासिल गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाका लागि एक ऐतिहासिक गौरवको क्षण सिर्जना गर्न सफल भएको थियो।

चलचित्रको व्यावसायिक प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्रको निर्माण टोली र ‘जोन्टा क्लब अफ काठमाण्डु’को आयोजनामा विशेष ‘फन्ड–रेजर’ प्रदर्शनहरू गरिएको थियो जसको माध्यमबाट भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि सहयोगार्थ कोष संकलन गरिएको थियो । ती विशेष प्रदर्शनहरूबाट प्राप्त आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिएको छ । यो पहलले पुनःनिर्माण र पुनःस्थापनाको प्रयासमा जुटिरहेका बाढी प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्‍याउने निर्माण टोलीको विश्वास छ ।

समुदाय, अपनत्व र एक–अर्काको साथमा उभिने मानिसहरूको कथा बोकेको यस चलचित्रको नेपाल यात्रामा यो पहलले अझ गहिरो अर्थ थपेको छ । जङ्गल र जङ्गली हात्तीहरूले घेरिएको एउटा नेपाली गाउँको पृष्ठभूमिमा आधारित ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ पिरती नाम गरेका किन्नर समुदायकी एक महिलाको कथा हो । उनको संसार तब परिवर्तन हुन्छ जब उनकी छोरी हराउँछिन् । हराएकि छोरीको खोजीको रूपमा सुरू हुने यो यात्रा प्रेम, स्वतन्त्रता, उत्तरदायित्व र अपनत्वको बारेमा एक गहिरो मानवीय कथामा परिणत हुन्छ ।

यो चलचित्र निर्देशक शाहको फिचर निर्देशकीय डेब्यु हो र यो कान्सको ‘अन सर्टेन रिगार्ड’ विधाका लागि छोटो सूचीमा छनौट भएको थियो, जहाँ यसले ‘जुरी प्राइज’ प्राप्त गर्न सफल भएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा चर्चा र प्रशंसा बटुलेपछि, ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ अब घरेलु दर्शकमाझ आएको छ । आजदेखि देशैभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेको चलचित्र दर्शकहरूले आफुलाई पायक पर्ने सिनेमा हलमा गई ठूलो पर्दामा अनुभव गर्न सक्नेछन् ।



...
Anika Scott

Elevate Your Content with AI-Powered Visuals https://dolai.pythonanywhere.com

...
Bronson Serrano

Start Your ETH Journey With Zero Risk https://ethminer.pages.dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

Latest










Popular
Suggested