ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन,नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
काठमाडौंः नेपालमा प्रोटोन ई.मास सेबेन १६०किलोवाट (Proton e.MAS 7 160kW) को सफल सुरुवातपछि, नेपालका लागि प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियो विस्तार गर्ने तयारी तीव्र बनाएको छ । बजारमा आएको छोटो समयमै प्रोटोन ई.मास सेबेन (Proton e.MAS 7 160kW) ले नेपाली उपभोक्ताबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि कम्पनीले आफ्नो ईभी विस्तार योजनालाई अझ गति दिने निर्णय गरेको कम्पनीले जनाएको छ । मलेसियामा प्रोटोनले हासिल गरेको उल्लेखनीय सफलता हेर्दा कम्पनीको आगामी दिशा स्पष्ट देखिन्छ । सन् २०२६ को जनवरीदेखि अप्रिलसम्मको अवधिमा मलेसियामा प्रोटोनको विद्युतीय सवारी (ईभी) बिक्रीमा ३२९ प्रतिशतको वृद्धि भएको छ भने केवल चार महिनामै ११ हजार ६१७ भन्दा बढी ग्राहकलाई हस्तान्तरण गरिएको छ । यही उच्च मागलाई सम्बोधन गर्न प्रोटोनले तान्जुङ मालिमस्थित आफ्नो ईभी उत्पादन कारखाना विस्तारका लागि ३७ मिलियन मलेसियन रिङ्गिट लगानी गर्ने घोषणा गरेको छ । यससँगै कम्पनीले आफ्नो वार्षिक उत्पादन क्षमता दोब्बरभन्दा बढी बढाएर ४२ हजार युनिट पु-याउने लक्ष्य राखेको छ ।
जगदम्बा मोटर्सका प्रतिनिधिले भन्नुभयो, “नेपालमा प्रोटोन ई.मास सेबेनले प्राप्त गरेको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ। यसले नेपाली उपभोक्ता विद्युतीय सवारीतर्फ आकर्षित भइसकेका छन् र गुणस्तरीय विकल्पको खोजीमा रहेको स्पष्ट संकेत दिएको छ । आगामी योजनाहरूलाई लिएर हामी निकै उत्साहित छौँ ।” हाल नेपाली ग्राहकहरूले १६० किलोवाट क्षमताको विद्युतीय मोटरद्वारा सञ्चालित प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन ई.मास सेबेन १६०किलोवाटको अनुभव लिइरहेका छन् । यस गाडीले एनइडिसी (NEDC)मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा अधिकतम ४७५ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसमा ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, उन्नत हेडरेस्ट स्पिकर प्रणाली, अत्याधुनिक ड्राइभिङ प्रविधि तथा फराकिलो र आधुनिक भित्री सजावटका साथै अत्याधुनिक सुरक्षा र कनेक्टिभिटी सुविधाहरू समावेश छन् । हाल ई.मास सेबेन खरिद गर्ने ग्राहकहरूले एक वर्षको निःशुल्क बीमा, एक वर्षको सडक कर छुट, निःशुल्क ७ किलोवाट क्षमताको होम चार्जर, ८ वर्षको वारेन्टी तथा आकर्षक नगद छुटजस्ता विशेष सुविधाहरू प्राप्त गरिरहेका छन् ।
यस उत्साहलाई अझ बढाउँदै जगदम्बा मोटर्सले निकट भविष्यमा प्रोटोन ई.मास फाईब (e.MAS 5) लाई पनि नेपाली बजारमा भित्र्याउने तयारी गरिरहेको छ । सन् २०२६ मा मलेसियाको सर्वाधिक बिक्री भएको विद्युतीय सवारी बनेको ई.मास फाईब (e.MAS 5) शहरी जीवनशैली र नयाँ पुस्ताको गतिशीलतालाई ध्यानमा राखेर विकास गरिएको मोडल हो । यो गाडीले प्रोटोनको अत्याधुनिक विद्युतीय सवारी प्रविधिलाई नेपाली उपभोक्ताको अझ व्यापक वर्गसम्म पु-याउने अपेक्षा गरिएको छ । प्रोटोनका अतिरिक्त, जगदम्बा मोटर्स नेपालमा टिभिएस दुईपाङ्ग्रे सवारी, चेरी वाण्डा (Chery Wanda)का व्यावसायिक विद्युतीय सवारी तथा जेएमइभी (JMEV) विद्युतीय सवारीको आधिकारिक वितरक पनि हो । विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय तथा आधुनिक सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको जगदम्बा मोटर्सले नेपालको द्रुत गतिमा विस्तार हुँदै गएको विद्युतीय गतिशीलता (इलेक्ट्रिक मोबिलिटी) क्षेत्रका अग्रणी कम्पनीहरूमध्ये आफ्नो स्थान थप सुदृढ बनाएको कम्पनीले उल्लेख गरेको छ ।












Kassandra Herzog
you are in reality a good webmaster The website loading velocity is amazing It sort of feels that youre doing any distinctive trick Also The contents are masterwork you have done a fantastic job in this topic