English

स्मार्ट जीवनका नयाँ साथीः साओमी ट्याग र रेड्मी हेडफोन नियो



काठमाडौंः अग्रणी प्रविधि ब्रान्ड साओमीले कृत्रिम एआई मा आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (एआईओटी) उपकरण साओमी ट्याग र रेड्मी हेडफोन्स नियो सार्वजनिक गरेको छ । यी उपकरणहरू दैनिक जीवनलाई अझ स्मार्ट, सरल र सहज बनाउन डिजाइन गरिएका हुन् ।

साओमी ट्याग : केवल १० ग्राम तौल भएको साओमी ट्याग चाबी, पर्स, झोला तथा सुटकेसजस्ता व्यक्तिगत सामानहरू सजिलै पत्ता लगाउन उपयोगी उपकरण हो । विशेष ट्र्याकिङ अनुप्रयोगमार्फत यसलाई विभिन्न उपकरणहरूसँग प्रयोग गर्न सकिन्छ, जसले हराएको सामानको स्थान अझ सटीक रूपमा पत्ता लगाउन मद्दत गर्छ । यदि कुनै सामान हराएमा ‘लस्ट मोड’ सक्रिय गरेर त्यसलाई हराएको रूपमा पहिचान गर्न सकिन्छ । त्यसपछि उक्त सामान कसैले फेला पारेमा मालिकको सम्पर्क विवरण देखिने भएकाले सामान फिर्ता पाउन सहज हुन्छ । यसले अपरिचित स्थानमा पुगेको अवस्थामा सूचना पनि पठाउँछ । प्रयोगकर्ताले बारम्बार जाने स्थानहरू पहिले नै सेट गर्न सक्ने भएकाले अनावश्यक सूचनाबाट बच्न पनि मद्दत गर्छ ।

सुरक्षित र भरपर्दो प्रयोगका लागि यसमा सांकेतिक रूपमा सुरक्षित ट्र्याकिङ प्रणाली, अनधिकृत ट्र्याकिङसम्बन्धी चेतावनी प्रणाली तथा एक वर्षसम्म टिक्ने परिवर्तन गर्न मिल्ने ब्याट्रीको सुविधा रहेको छ । आईपी ६७ क्षमताका कारण धुलो तथा पानी प्रतिरोधी क्षमताका कारण यसले घाम, पानी, धुलो तथा दैनिक प्रयोगका सामान्य झट्का र साना दुर्घटनाहरू सहजै सहन सक्छ । हराएको सामान खोज्न थप सहयोगका लागि यसलाई अन्य व्यक्तिसँग पनि जोड्न गर्न सकिन्छ ।

रेड्मी हेडफोन नियो : रेड्मी हेडफोन नियोले दैनिक रूपमा अझ स्मार्ट, गहिरो र अवरोधरहित सुनाइ अनुभव प्रदान गर्छ । यसमा ४२ डेसिबलसम्मको अनुकूलनशील सक्रिय ध्वनि नियन्त्रण सुविधा रहेको छ, जसले वरपरका अनावश्यक आवाजलाई प्रभावकारी रूपमा कम गर्छ ।

उच्च गुणस्तरको तारयुक्त अडियो सुविधाले ध्वनिलाई अझ स्पष्ट र समृद्ध बनाउँछ भने ४० मिलिमिटरको गतिशील ड्राइभरले गहिरो बास, शक्तिशाली ध्वनि र पूर्ण श्रव्य अनुभव प्रदान गर्छ । पूर्ण चार्जमा ७२ घण्टासम्म ब्याट्री टिक्ने भएकाले लामो समयसम्म बारम्बार चार्ज नगरी प्रयोग गर्न सकिन्छ । यसमा एआईमा आधारित ध्वनि शुद्धीकरण प्रणालीसहितका तीनवटा माइक्रोफोन रहेका छन्, जसले फोन कललाई अझ स्पष्ट र भरपर्दो बनाउँछन् ।

मूल्य र उपलब्धता : रेड्मी हेडफोन नियो कालो र हल्का सेतो (स्यान्ड ह्वाइट) रंगमा उपलब्ध छ । यसको मूल्य रू १२,९९९ तोकिएको छ । त्यसैगरी, साओमी ट्यागको मूल्य रू २,९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।



...
Lorene

It's a pity youu don't habe a donqte button! I'd mostt certainl donatre tto tjis suprb blog! I guesss foor now i'll settle for bookmarking annd addingg yyour RSS fedd too my Goofle account. I loook forard too freshh updates annd wijll talk aboout this website wit my Facebook group. Chhat soon! Feeel frere to viit myy website: 激情视频

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested