सुजुकी सुजुकी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य ४९,९९,०००
नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को आधिकारिक रूपमा बुकिङ खुला गरेको छ । यसको महत्त्वपूर्ण घोषणा बुधबार पोखरामा आयोजित वाडा (WADA) अटो शोमा गरिएको हो, जहाँ कम्पनीले यसको निकै आकर्षक सुरुवाती मूल्य रु ४९,९९,००० तोकेको छ । यो विशेष सुरुवाती मूल्य सीमित अवधिका लागि मात्र उपलब्ध छ र सुरुवाती भेरियन्टमा लागू हुनेछ। जापानी अटोमेकरले देशमा भित्राएको यो पहिलो प्रिमियम BEV हो, जसले नेपाली विद्युतीय गाडी (EV) बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाई स्थापित गर्ने लक्ष्य राखेको छ ।
सुजुकी ई–भिटाराका मुख्य विशेषताहरूः
◉ उत्कृष्ट पर्फर्मेन्सः यो गाडी दुई उच्च–क्षमताका ब्याट्री विकल्पहरू ४९ kWh र ६१ kWh मा उपलब्ध छ, जसले क्रमशः १०६ kW र kW को दमदार पावर आउटपुट दिन्छ ।
◉ क्लास–लिडिङ आउटपुटः यी उत्कृष्ट विशेषताहरूले ई–भिटारालाई यसको मूल्य वर्गमा उपलब्ध सबैभन्दा शक्तिशाली विद्युतीय गाडीको रूपमा स्थापित गर्दछ।
◉ विश्वसनीय लिगेसी (Trusted Legacy): यसले अत्याधुनिक ईभी प्रविधिलाई सुजुकी ब्रान्डको प्रमाणित विश्वास, टिकाउपन र विश्वसनीयतासँग सहज रूपमा जोडेको छ।
“ई–भिटारा यस मूल्य दायरामा जापानी ब्रान्डबाट आउने पहिलो ईभी हो,“ कम्पनीले जनाएको छ । “यो नवीनतम ब्याट्री प्रविधि र उच्च सुरक्षा मापदण्डहरूसहित सुसज्जित छ। यसको भविष्यमुखी (Futuristic) डिजाइनले ड्राइभिङको आराम र रोमाञ्चकतालाई नयाँ उचाइमा पुर्याउनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, देशभर फैलिएको सुजुकीको विशाल सर्भिस नेटवर्कले हाम्रा सबै ग्राहकहरूलाई तनावरहित र ढुक्कको स्वामित्वको अनुभव (ownership experience) सुनिश्चित गर्नेछ ।“ सुजुकीले सन् २०३० सम्म थप ६ नयाँ इभि लन्च गर्ने जानकारी पनि कम्पनिले दिएको छ।
भविष्यमुखी डिजाइन र आरामदायी (Futuristic Design & Comfort)

बाहिरी आवरण (Exteriors) – मस्कुलर र बोल्ड एसयूभी स्टान्सः ई–भिटाराको बोल्ड पोलिहेड्रल स्टाइलिङ र एरोडाइनामिक डिजाइन, जस्तै (१८ इन्च) एरोडाइनामिक अलोय ह्वील र रूफ–एन्ड स्पोइलरले गाडीलाई बलियो र डाइनामिक लुक दिन्छ। नेक्स्ट–जेनेरेसन NEXTré ३–पोइन्ट म्याट्रिक्स एलईडी (LED) हरू र एलईडी प्रोजेक्टर हेडल्याम्पहरूले यसको अगाडिको भागलाई थप आकर्षक बनाएको छ।

भित्री आवरण (Interiors) – प्रिमियम, उत्कृष्ट र बहुमुखीपनः ई–भिटाराको परिष्कृत इन्टेरियरमा डिजिटल ककपिटसहितको ट्विन–डेक फ्लोटिङ कन्सोल, नयाँ बिस्पोक स्टेयरिङ ह्वील, फिक्स्ड–ग्लास सनरुफ, र मल्टि–कलर एम्बियन्ट लाइटिङसहितको सफ्ट–टच डुअल–टोन मेटेरियल प्रयोग गरिएको छ, जसले प्रिमियम अनुभव प्रदान गर्छ। यसमा २५.६५ सेन्टिमिटर (१०.१ इन्च) को इन्टिग्रेटेड डिजिटल डिस्प्ले र २६.०४ सेन्टिमिटर (१०.२५ इन्च) को मल्टि–इन्फर्मेसन डिस्प्ले रहेको छ। ’इन्फिनिटी बाइ हर्मन’ (Infinity by Harman) को प्रिमियम साउन्ड र वायरलेस कनेक्टिभिटीले यो अनुभवलाई अझ उत्कृष्ट बनाउँछ।
आरामदायी यात्राः यात्रीहरूको आरामलाई प्राथमिकता दिँदै, ई–भिटारामा भेन्टिलेटेड फ्रन्ट सिट र आफ्नो सेगमेन्टमै उत्कृष्ट १०–वे पावर–एडजस्टेबल ड्राइभर सिट रहेको छ। साथै, पछाडिको सिटमा ४०ः२०ः४० को स्प्लिट कन्फिगरेसन, सजिलो बुट एक्सेस, कप होल्डरसहितको रियर सिट आर्मरेस्ट, र रिक्लाइनिङ तथा स्लाइडिङ सुविधा उपलब्ध छ, जसले आवश्यकता अनुसार बुट स्पेस बढाउन मद्दत गर्छ।
अत्याधुनिक प्रविधि (Innovation at the Core)

नयाँ ईभी प्लेटफर्म (HEARTECT–e) : ई–भिटारालाई पूर्णतया नयाँ ईभी प्लेटफर्ममा निर्माण गरिएको छ। यो प्लेटफर्म असाधारण मजबुती, फराकिलो केबिन, र उच्च भोल्टेज सुरक्षामा आधारित छ। २,७०० एमएमको लामो ह्वीलबेस र ५.२ मिटरको कम्प्याक्ट टर्निङ रेडियसले गाडीलाई सजिलै मोड्न र चलाउन सहज बनाउँछ। फ्ल्याट फ्लोर डिजाइनले उच्च–क्षमताको ब्याट्री प्याकलाई सुरक्षित राख्दै केबिन स्पेस बढाएको छ।
पर्फर्मेन्स (Truly Electrified): यसको इलेक्ट्रिक पावरट्रेनमा मोटर, इन्भर्टर र ट्रान्समिसन एकीकृत गरिएको उच्च क्षमताको ३–इन–१ प्रणाली रहेको छ। यो ६१Whर ४९kWh का दुई लिथियम–आयन ब्याट्री प्याक विकल्पहरूमा उपलब्ध छ। ’स्यान्ड टु स्नो’ (Sand to Snow) जस्ता चरम तापक्रममा परीक्षण गरिएका यी ब्याट्रीहरूले –३०℃ देखि ६०℃ सम्मको तापक्रममा पनि उत्कृष्ट पर्फर्मेन्स दिन्छन्।

ड्राइभिङ अनुभवः यसमा इको (Eco), नर्मल (Normal) र स्पोट्र्स (Sports) गरी तीन मोडहरू छन्, साथै हिउँ परेको बाटोको लागि ’स्नो टेरेन मोड’ पनि दिइएको छ। यसमा वान–पेडल ड्राइभिङ अनुभवको लागि प्रभावकारी रिजेनेरेटिभ मोड पनि छ। इनोभेटिभ एडाप्टिभ ग्रिल सटरले गाडीको अवस्था अनुसार आफै काम गर्छ, जसले गर्दा यसले ५०० किलोमिटरभन्दा बढीको उत्कृष्ट रेन्ज प्रदान गर्छ।
विस्तृत सुरक्षा सुविधाहरू (A Comprehensive Safety Suite)

HEARTECT–e प्लेटफर्म ५०% भन्दा बढी हाई–टेन्साइल स्टिलबाट बनेको छ र यसमा इनर्जी एब्जर्बिङ ब्याट्री प्याक माउन्टिङ स्ट्रक्चरसहितको एडभान्स्ड ब्याट्री सुरक्षा प्रणाली रहेको छ। ई–भिटारामा लेभल २ ADAS, स्ट्यान्डर्ड ७ एयरब्याग (ड्राइभर–साइड नी एयरब्याग सहित), इलेक्ट्रोनिक पार्किङ ब्रेक, चारै पाङ्ग्रामा डिस्क ब्रेक, ई–कल (e–Call) सुविधा, टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS) लगायतका सुरक्षा सुविधाहरू समावेश छन्। यो गाडीको बुकिङ देशभरका सबै सुजुकी शोरुमहरूमा खुला गरिएको छ, र यो सुरुवाती मूल्य सीमित अवधिको लागि मात्र लागू हुनेछ।








