English

सिड्नीका नेपालीले मनाए पृथ्वी जयन्ती



पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत सबै राज्यका प्रमुख शहरमा विभिन्न कार्यक्रमका साथ यहाँको नेपाली समुदायले पृथ्वीनारायण शाहको सम्झना गरे।

सिड्नीको ग्रानभिलमा नेपालीहरूको लोकप्रिय रेस्टुरेन्ट ‘फ्लेभर्स अफ नेपाल’ मा पृथ्वीनारायण शाहको योगदानबारे एक संगोष्ठी आयोजना गरियो। अष्ट्रेलियाका नेपाली समुदायका बौध्दिकहरूको संगोष्ठि सहित माल्यार्पण कार्यक्रमको आयोजना गरिएको थियो। सँधै खुला पार्कमा सयौंको संख्यामा जम्मा भएर मनाईने सिड्नीको पृथ्वी जयन्ति मौसमको कारण रेष्टुरेन्टको ईभेन्टहलमा गरिएको अष्ट्रेलियाको नेपाली कम्युनिटी प्लाटफर्म नेपालीपेजका मदनमणि अधिकारीले बताउनुभयो।

पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा युवा अभियन्ता तथा व्यवसायी दिपक पौडेलले भन्नुभयो, ‘नेपालका राष्ट्र निर्माताका बारेमा वादविवाद आवश्यक छैन।’ नेपालको राजनीतिको ठूलो समस्या नै सबै कुरा हामीले नै बनाएको हो जस्तो गरेर केही राजनीतिक दलले ईतिहास मेटाउने दुष्प्रयास गरेका छन् त्यसले नेपाल र नेपालीलाई ठूलो समस्यामा पार्ने बताउनु भयो। उहाँले नेपाल सरकारका निकायहरूले कुनै कार्यक्रम आयोजना नगरेकोमा आक्रोश समेत व्यक्त गर्नुभयो। एनआरएन अभियन्ता तथा नेपाली समुदायका युवा नेता डिला खरेलले नेपाली भएर अष्ट्रेलियामा शीर उठाएर हिँड्न सक्ने अवस्था बन्नु नै ठूलो विषय हो।

अष्ट्रेलियाका नेपाली पत्रकार हेमन्त काफ्लेले इतिहास बिर्सदा भविष्य पनि अन्धकारमा पर्ने भन्दै पृथ्वी जयन्तीलाई महान पर्वका रूपमा मनाउनु पर्ने बताउनु भयो। नेपाली एकताको सुत्रधारका रूपमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानले नेपाली बन्न पाएकोमा उहाँ प्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘यतिखेर अनेक वाद दल र सिद्धान्तका आधारमा विभाजित भईरहेको क्षणमा हामी तीनसय वर्ष अघि कसरी एक परिवार जसरी मिलेर देश र परिचय निर्माणमा जुटेका थियौं भन्ने सम्झन आजको दिनले झक-झक्याउँदछ।’

कार्यक्रममा युवा अभियन्ता धर्वेन्द्र यादवले राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपाल र नेपालीको पहिचानको कारक रहेको बताउँदै, भन्नुभयो, अष्ट्रेलियामा रहे बसे पनि उहाँको योगदानले सँधै नेपाली भन्न र बनाउने छ। विश्वमा नेपाली भनेर चिनिन पाएको कारण पृथ्वी जयन्तिको दिनलाई अष्ट्रेलियामा ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाउँदै आईएको आयोजक कमिटीका मदनमणि
अधिकारीले बताए। कार्यक्रममा सिड्नीका सामुदायिक अगुवाहरू यम धिताल, राजेश केसी, बिजे शाह लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो। अष्ट्रेलियाको नेपाली कम्युनिटी प्लाटफर्म नेपालीपेजले अष्ट्रेलियामा रहेका करिब दुईलाख नेपालीलाई जोड्दछ। नेपालीपेजले नेपाली विद्यार्थी, युवा तथा अष्ट्रेलियाका नेपाली बासिन्दालाई काम, घर, कोठा तथा करिअर र व्यवसाय विकासमा समेत सहयोग पुरयाउँदै आएको छ।



सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested