English

मन्त्री गुप्तासंग सम्वन्धीत कुनै कार्यक्रम आयोजना गरिएको छैन् – एनआरएनए अमेरिका



ओम आचार्य
अमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (सतेन्द्र साह) ले नेपालमा चर्चामा रहेको मन्त्रि गुप्ताको अमेरिका भम्रण र एनआरएनएको आयोजनामा हुन लागेको भन्ने बिषयमा औपचारीक धारणा प्रस्तुत गरेको छ । युवा तथा खेलकुद मन्त्रि बब्लु गुप्ताको अमेरिका भ्रमण र यस बिषयमा आएका चर्चाका बिषयमा एक प्रेस विज्ञप्ती जारी गर्दै, एनआरएनए अमेरिकाले कुनै कार्यक्रम आयोजना नगरेकोे र मन्त्रि गुप्तालाई निमन्त्रणा नदिएको स्पष्ट पारेको छ । विज्ञप्तीमा आफ्नो नाम, लोगो, इआईएन नम्बर तथा डिजिटल पहिचान दुरुपयोग गरी केही व्यक्ति वा समूहले अवैध तथा अनधिकृत गतिविधि सञ्चालन गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

एनआरएन अमेरिकाले जारी गरेको प्रेस विज्ञप्ति मै संघ संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एक आधिकारिक संस्था भएको उल्लेख गर्दै, संस्थाको नाम र पहिचान प्रयोग गरी गरिने कुनै पनि अनधिकृत गतिविधिले गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठागत जोखिम सिर्जना गर्ने बताइएको छ।

विज्ञप्तिमा भनिएको छ, एनआरएन अमेरिका को आधिकारिक जानकारी, स्वीकृति तथा निर्णय बिना कुनै पनि व्यक्ति वा समूहले संस्थाको नाम, ईआईएन नम्बर, वेबसाइट वा डिजिटल प्लेटफर्म प्रयोग गरी कार्यक्रम, आर्थिक संकलन वा अन्य गतिविधि सञ्चालन गर्नु गैरकानुनी हो र त्यसको पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा समूह स्वयं हुनेछन्। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरिएको छैन, न त एनआरएन अमेरिकाले अमेरिकामा कुनै युवा सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । संस्थाका प्रवक्ता सन्देश उप्रेतीले जारी गरेको विज्ञप्तीमा विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी गतिविधिबारे अमेरिकी होमल्याण्ड सेकुरेटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइसकिएको संघले जनाएको छ।



सम्बन्धित खबरहरु

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

Latest










Popular
Suggested