English

बागमती, लुम्बिनी र मधेशका युवा उद्यमीलाई दिगो प्याकेजिङमा सुनौलो अवसर



काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक गरेको छ। प्लास्टिकको वैकल्पिक तथा वातावरणमैत्री नवप्रवर्तनशील प्याकेजिङमा आधारित आइडिया कार्यान्वयन गर्न इच्छुक युवाहरूलाई यस कार्यक्रममा सहभागी हुन आह्वान गरिएको हो।

परियोजनाअन्तर्गत छनोट हुने उद्यमीहरूले आफ्ना विचार तथा अवधारणामार्फत चक्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै प्लास्टिक व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर पाउनेछन्। साथै, अनुदान सहयोगमार्फत दिगो प्याकेजिङसम्बन्धी आफ्ना व्यवसायिक आइडियालाई सञ्चालन, विकास तथा स्केलअप गर्न आवश्यक सल्लाह र प्राविधिक समर्थन समेत प्रदान गरिनेछ।

कार्यक्रममा छनोट हुने शिर्ष विचारलाई ७ लाख रुपैयाँ नगद सहयोग प्रदान गरिनेछ भने अनुभवी विशेषज्ञहरूद्वारा परामर्श तथा मार्गदर्शन समेत उपलब्ध गराइने परियोजनाले जनाएको छ। ग्रीनसिफ्ट नेपाल परियोजनाले वातावरण संरक्षणसँगै युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

इच्छुक युवा उद्यमीहरूले तोकिएको समयसीमाभित्र आवेदन दिन सक्नेछन्।

आवेदनको अन्तिम म्याद: ०१ माघ २०८२



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested