English

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो



मंसिर १७, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो । चलचित्रमा नेपालको सामाजिक परिवेश र घर-घरको कथा भएकाले सबैको मन छुन सफल भएको कम्पनीले जनाएको छ । ‘वार्षिकोत्सवको अवसरमा सबै कर्मचारी एक साथ बसेर चलचित्र हेर्नु आफैँमा सकारात्मक कुरा हो, वर्षौंपछि त्यो अवसर परानले जुराइदिएको हो’,- कम्पनीकी मानव संशाधन व्यवस्थापन विभागकी प्रमुख सृष्टिना मानन्धरले भन्नुभयो- ‘सामूहिक रुपमा चलचित्र हेर्दा आफ्नोपन र पारिवारिक माहोल बनेको लाग्यो, यसले कर्मचारीहरूमा पनि सहयोग र समन्वय गर्ने भावनाको विकासमा सहयोग पुग्छ।’

चलचित्र हेरेर भावुक बनेपछि कम्पनीकी सहायक कर्मचारी रुपा देउलाले भन्नुभयो- ‘अहिलेको समयमा नेपाली समाजलाई यस्तै सन्देशमूलक चलचित्र चाहिएको छ, आफ्नै घरको कथा भनेकोजस्तै लाग्यो, कलाकारको अभिनय त झनै उत्कृष्ट छ।’ जेनरल सर्भिस डिपार्टमेन्ट लजिस्टिकका सुविन्द्र श्रेष्ठले वरिष्ठ कलाकार नीर शाहको अभिनय र कथाले मन जितेको प्रतिक्रिया दिनुभयो ।

एचइआईको कर्पोरेट शोमा निर्देशक दीपक प्रसाद आचार्य र अभिनेत्री अञ्जना बराइली पनि पुगेका थिए । नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ ।



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested