English

बेलास्पुरमा बृहत सरसफाइ



कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ । द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ग्रीन नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजनामा मैगलबार सो सामुदायिक सरसफाई सम्पन्न भएको हो । गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहोरलाई वर्गिकरण गरी पुन प्रयोगमा ल्याउन सकिने फोहोरलाई पुनः प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले बताएका छन् ।

सरसफाई अभियानमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा सदस्य राज कुमार बाल्मिकी, बास नेपालका बाँके शाखा अध्यक्ष रामु चिडिमार, बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवकहरु र स्थानीयको सामुहिक सहभागिता रहेको थियो । ३० जना सरफाई अभियानकर्ताहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रमबाट प्लाष्टिका बोतलहरु, प्लाष्टिकका झोला तथा पोलेथिनहरु, सिसा तथा काँचका टुक्रा र बोतलहरु, कागज जन्य पदार्थ, मिसावट भएको फोहोर हरुलाई अलग अलग गरेर फोहोर संकलन गरिएको बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताए । टोलमा रहेका सम्पुर्ण नाला जाम भएर पानी पास हुन नसक्ने अवस्था भएकोमा सो नालाहरु सफा गरिएको बोहराले बताए । बास नेपालले नेपालगन्ज क्षेत्रमा नियमित रुपमा सरसफाइ गर्दै आएको छ ।



सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested