English

लोकगायक रत्न बेहोसीलाई नेपालरत्न सम्मान



भदौ १३ गते । केके मानन्धर ।
लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले बेहोसीलाई उहाँको ९० औं जन्मदिनको अवसरमा सम्मान गरेको हो । नेपाली र नेपालभाषाको गीतसंगीतमा उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपालरत्न सम्मान दिइएको आयोजक संस्थाका पौभाः साय्मिले बताउनुभयो । ललितपुरको ज्यापु प्रज्ञा भवनमा सम्पन्न भएको नेपालरत्न सम्मान तथा रत्न बेहोसी एकल साँझ कार्यक्रममा उहाँलाई सम्मान गरेको हो । यसअघि बेहोसीलाई ललितरत्न सम्मान र गणेशदेवी स्मृति पुरस्कार दिइएको थियो । उहाँले १२ वर्षको उमेरदेखि नाटक र संगीतको विधामा आफ्नो कला प्रस्तुत गर्नुभएको छ। विक्रम संवत् २०१० सालदेखि नेपाली र नेपालभाषाको गीतसंगीतको श्रीवृद्धि, विकास तथा समृद्धिको क्षेत्रमा बेहोसीले योगदान दिंदैआउनु भएको छ । उहाँले पहिलो पटक २०१३ सालमा रेडियो नेपालमा स्वर परीक्षण गराउनु भएको थियो।

१७ जना उम्मेदवारमध्ये उहाँ एकल गायकको रुपमा रेडियो नेपालमा स्वर परीक्षणमा उत्तीर्ण हुनुभएको थियो । सोही दिन रेडियो नेपालमा प्रत्यक्ष प्रसारण मार्फत उहाँको गीत प्रशारण भएको थियो । त्यो बखत रेडियो नेपालबाट स्वर परीक्षण उत्तीर्ण गरेर प्रत्यक्ष प्रशारण मार्फत गीत गाउने नेपालकै थोरै मात्र गायक हुनुहुन्छ ।
उहाँको समकक्षीको रुपमा स्वर सम्राट नारायणगोपाल गुरुवाचार्य, गोल्डेन भ्वइस अफ नेपाल प्रेमध्वज प्रधान, गायक तथा वरिष्ठ संगीतकार नातीकाजी श्रेष्ठ, शिवशंकर मानन्धर, भक्तराज आचार्यहरु हुनुहुन्थ्यो । नेपाली आधुनिक गीतसंगीतका उहाँहरु दोस्रो पुस्ता हुन् । त्यसअघि मास्टर रत्नदास प्रकाश, हरिकृष्ण श्रेष्ठ, बच्चु कैलाश लगायतका संगीत साधकहरु पहिलो पुस्ताका गायक हुन् । बेहोसीले नेपालभाषामा ५० र नेपाली भाषामा कम्तिमा १० वटा गीत गाइसकेका छन् । उहाँले गाएका र रचना गरेका दर्जनभन्दा बढी गीतहरू अझै पनि क्यासेटमा सुरक्षित छ ।

Exif_JPEG_420
Exif_JPEG_420



सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested