English

कोरोना वार्ता

निषेधाज्ञामा यसरी बित्छ कुमार कट्टेलको दैनिकी



कोरोनाका कारण अधिकांशको जीवन अस्तव्यस्त छ । अधिकांश समय व्यस्त रहने कलाकार घरमै बस्न बाध्य छन् ।
निषेधाज्ञाको यो समयमा घरमा कसरी बिताउने ? यो चिन्ता अहिले अधिकांशलाई छ । मेरोलाइफस्टाइलसँगको कुराकानीमा निषेधाज्ञामा कसरी समय बिताउने भनेर हाँस्य कलाकार कुमार कट्टेलसँग मेरोलाइफस्टाइलले गरेको कुराकानी:

निषेधाज्ञामा कसरी दिन बिताउनु भएको छ ?

घरमै बसेर परिवारसँग समय बिताइरहेको छु । बिहान उठेर व्यायाम गर्छु, घरको काममा सहयोग गर्छु । कितावहरु पढेर पनि समय बितिरहेको छ । हेर्न मन लागेको तर हेर्न नपाएका फिल्महरु पनि मैले हेर्दैछु ।

कोरोना संक्रमणदेखि कत्तिको डर लागेको छ ?

कोरोनाले पूरै विश्व नै आतंकित भएको बेला मलाई पनि डर त लागेको छ । सामाजिक सञ्जालमा विभिन्न समाचारहरु पढ्यो । संक्रमितहरु दिनदिनै बढेको र मृत्यु दर पनि बढेको समाचारहरुले एक किसिमको त्रास फैलाएको छ । अहिलेको दोस्रो लहरले झन थुप्रैलाई संक्रमित बनाएको छ, यस्तो अवस्थाबाट देश कहिले मुक्त हुन्छ भन्ने चिन्ता लाग्छ ।

बाच्नको लागि कस्तो उपाय अपनाउनु भएको छ ?

हिजो सम्मकोे लागि त सक्कीगोनीको छायाँकन सकियो तर अब के गर्ने भन्ने दुविधा छ । हामी कलाकारहरु बाच्ने भनेको नै अभिनय गरेर हो, तर अहिले कलाकारीता क्षेत्रमा लाग्नेहरुलाई गाह्रो भएको छ । काम नै रोकिएपछि के गर्ने भन्ने चिन्ता त भईहाल्छ । अहिलेसम्म बाच्नकै लागि समस्या त भएको त छैन । निषेधाज्ञा अझै लम्बिने भयो र काम गर्न पाइएन भने गाह्रो पर्ला ।

कोरोनाबाट बच्न तपाईको सुझाव के छ ?

कोरोनाबाट बच्ने सबैभन्दा राम्रो उपाय घरमा बस्ने सामाजिक दूरी कायम गर्ने नै हो । आत्मबल दरो बनाउने, समय समयमा साबुन, पानीले हात धुने सेनिटाइजरको प्रयोग गर्ने लगाएतका कुराहरु गर्नुपर्छ । सामाजिक सञ्जालमा आउने कोरोना सम्बन्धि भ्रम आतंकित बनाउने समाचार पढ्न हुँदैन ।

घरमै बसेर कसरी कसरी दिन बताउन सकिन्छ ?

घरमा बस्दा बिहान व्यायाम गर्ने, आफूलाई अन्य काममा व्यस्त राख्ने गर्नुहोस् । किताव पढ्ने, फिल्महरु हेर्ने र गेमहरु खेलेर पनि समय बिताउन सकिन्छ । यूट्युबमा हेरेर विभिन्न सिपहरु पनि सिक्न सकिन्छ । सामाजिक सञ्जाल मार्फत् साथीभाईलाई सन्चो, बिसन्चो सोध्ने लगायत कार्यहरुमा आफूलाई व्यस्त राख्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested