English

काठमाडौं उपत्यकामा ३९७२ सहित देशभर ९०७० जनामा कोरोना पुष्टि



काठमाडौं उपत्यकामा ३ हजार ९ सय ७२ सहित देशभर थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार १ सय ४२ नमुना परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा २ हजार ७ सय ७ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् भने ५४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा पुष्टि भएका संक्रमित मध्ये काठमाडौंमा ३ हजार १ सय ६३, भक्तपुरमा २ सय ४२ र ललितपुरमा ५ सय ६७ जना छन् । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ७ सय ७ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् भने ५४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा यतिबेला ७२ हजार ५ सय ६१ जना संक्रिय संक्रमित छन् । जसमध्ये ६७ हजार २ सय ४६ जना होम आइसोलेसन र ५ हजार ३ सय १५ जना संस्थागत आइसोलेसनमा छन् ।

देशभर ६ सय ५२ जना संक्रमितको आइसियूमा उपचार भैरहेको छ जसमध्ये २ सय १ जना भेन्टिलेटरमा छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested