English

आरोही जितेन्द्रको सगरमाथा सफाई देशव्यापी जागरण अभियान



सगरमाथा आरोही जितेन्द्र रेग्मीले सगरमाथा सफाई देशव्यापी जागरण अभियान सम्पन्न गरेका छन् । सगरमाथालाई स्वच्छ र सफा राख्नुपर्छ भन्ने जागरण फैलाउन उनले हालै सातै प्रदेशको भ्रमण गरेका थिए । सोही अभियानको समापन समारोह शनिबार काठमाडौँ पकनाजोलस्थित गोकर्ण हाउस रेष्टुरेन्टमा गरिएको हो । रेग्मीले गतवर्ष सगरमाथाको सफल आरोहण गरेका थिए । क्यानडा बसाईका क्रममा धेरैले सगरमाथा बारे जिज्ञासा राखेपछि आफुलाई विश्वकै अग्लो हिमाल चढन प्रोत्साहन मिलेको उनले बताए । कार्यक्रममा १७ औं पटक सगरमाथा आरोहण गरेका र्कितीमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र मृगौला पिडित पहिलो सगरमाथा आरोही पेम्बा शेर्पालाई सम्मान गरिएको थियो । सोही समारोहमा दोलखाको रोल्वालिङस्थित रोल्वालिङ साङगाग छोलिङ गोम्बा बिद्यालयलाई आरोही फुर्वा शेर्पामार्फत नगद ४१ हजार समेत हस्तातरण गरिएको थियो ।



सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested