English

प्रिमियम जर्मन घडी ब्राण्ड ‘नोमोस’ अब नेपालमा



जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरण बाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रा. लि. ले नोमसलाई भाद्र १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्च गरेको हो । स्विच टाईमपिसेस् नेपालको दरबारमार्ग स्थिती विक्रीकक्षबाट नोमोसको विक्री तथा विक्री पश्चातको सेवाको शुभारम्भ गरिएको हो ।

सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाईण्डिङ् र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । डिजाईनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाईनका रुपमा संसारभर ख्याति पाउन सफल भएका छन् । प्रिसाईज्ड टाईम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरुले सार्बधिक रुपमा आफ्नो कलेक्सनमा राख्न रुचाउने मध्येको एक ब्राण्ड हो । स्विजरल्याण्ड भन्दा बाहिर रहेर वाच मेकिङ्मा ठूलो सफलता हाँसिल गर्ने थोरै ब्राण्ड मध्येको नोमसलाई जर्मनी र विश्व भरनै सम्मानपूर्वक हेरिने गरिन्छ ।

“नेपाली वाच कलेक्टरहरुले लामो समयदेखी प्रतिक्षा गरेको नोमस नेपाली बजारमा भित्र्याउन पाँउदा हामी निक्कै हर्षित भएका छौं ।“ नेपाली बजारमा नोमसलाई आधिकारीक रुपमा लन्च गर्दै स्विस टाईमपिसेस् नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवाला भन्नुहुन्छ, “यो आधुनिक पुस्ताले मन पराउने ब्राण्ड र डिजाईन हो । नोमसले आफ्नो ऐतिहाँसिक महत्व कायम गर्दै डिजाईनमा आधुनिकता ल्याएको छ । नोमस वाच कलेक्टरहरुले खुब मन पराउँछन् ।“ यहाँ स्मरणीय छ, अध्यक्ष शम्भुले शुरु गर्नुभएको स्विस टाईमपिसेस् नेपालले आज कार्यकारी निर्देशकको रुपमा तेश्रो पुस्तामा पुस्तान्तरण भईसकेको छ । तिन पुस्ताले सम्हालेको स्विस टाईमपिसेस् नेपालले विश्वभरका एक दर्जन प्रिमियम लक्जरी वाच ब्राण्डलाई नेपाली बजारमा आयात तथा विक्री वितरण गर्दै आएको छ । दरर्वारमार्गमा रहेको स्विस टाईमपिसेस् नेपालको मल्टिब्राण्ड सोरुम बाट ग्राण्ड सिको, ओरिस, टिटोनी, सिगा डिजाईन, फेड्रिक कन्स्ट्यान्ट जस्ता प्रिमियम लक्जरी वाच ब्राण्डको विक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा ५२ बर्ष देखी अनवरत रुपमा विभिन्न ब्राण्डका लक्जरी वाचहरुको विक्री वितरण गर्ने स्विस टाईमपिसेस् नेपालले आफ्ना ग्राहकलाई दिंदै आएको अतुलनिय विक्री पश्चातको सेवा प्रदान गर्दै आएको छ । लक्जरी वाचको खरिद विक्री, लक्जरी वाचका सन्दर्भमा परामर्श तथा कलेक्टरहरु विच रहेका जिज्ञासाहरुको समाधानमा देखाएको तत्परताले स्विस टाईमपिसेस् नेपाल आज नेपाली वाच बजारमा विश्वासनिय नाउँ बन्न सफल भएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested