English

अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा डब्लुडब्लुएफ-पत्रकार अन्तर्क्रिया



मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम गुरुङले बताएका छन् । ‘हिजो होस कि आज मान्छे नै केन्द्रमा रहेकाले संरक्षण कसैका लागि नभएर मान्छेकै लागि हो,’ गुरुङले भने, ‘हाम्रो पहिलो प्राथमिकता मानिस र समुदायलाई बचाउनु र यसलाई नै केन्द्रमा राखेर संरक्षणको काम गर्नु नै हो । यसो गर्न सकिएन भने प्रकृतिको संरक्षण गर्न धेरै गाह्रो छ ।’ अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा सोमबार डब्लुडब्लुएफ नेपालद्वारा पत्रकारहरु बीच आयोजित अन्तर्क्रिया कार्यक्रममा गुरुङले यस्तो बताएका हुन् ।

बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ लाई ‘बाघ दिवस’का रूपमा मनाइन्छ । विगतका दशकहरूमा नेपालले बाघ संरक्षणमा अतुलनीय प्रगति गरेपनि मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण तथा सह–अस्तित्व चुनौती बन्दै गएको छ । कार्यक्रममा सहभागी पत्रकारहरुले डब्लुडब्लुएफले संरक्षणमा गरेका विभिन्न प्रयास र यसका प्रतिफलहरुबारे रुचिपूर्वक जिज्ञासा राखेका थिए । विगतमा बाघको संख्या दोब्बर गर्नेमा जोड दिएपनि अब सह–अस्तित्व विकास र समृद्धितर्फ कसरी अघि बढने भन्ने मुख्य प्राथमिकतामा रहेको समेत उनले सुनाए ।

वन्यजन्तु र मानव बीचको द्वन्द्व निर्मूल पार्न नसकिए पनि सक्दो कम गर्न पीडित समुदायबासी नै मुख्य रुपमा सकृय हुनुपर्नेमा कन्ट्री रिप्रिजेन्टेटिभ गुरुङको जोड थियो । ‘हामी बाघ र मानव द्वन्द्धका मात्र कुरा गछौं तर सर्पले बर्षमा चालीस हजार मान्छेलाई टोक्छ, यसमध्ये ३ हजार मर्छन,’ उनले थपे, ‘त्यसको तुलनामा बाघको आक्रमणबाट मर्नेको संख्या तीन बर्षमा एक सयभन्दा कम छ ।’

मानिस वन्यजन्तुको कोर एरियामा जाँन छाड्दै गए मानव क्षति स्वत: कम हुँदै जाने डब्लुडब्लुएफका सिनिएर एडभाइजर (कन्जरभेसन प्रोग्राम) शिवराज भट्टले बताए । जंगलमा रहेका वन्यजन्तुलाई मानवबस्तीसम्म आउन रोकी क्षति न्यूनीकरणका लागि डब्लुडब्लुएफले अहिलेसम्म उपलब्ध उच्चतम प्रविधि प्रयोगमा ल्याई समुदायसँगको सहकार्यमा काम गरिरहेको समेत उनको भनाई थियो । वन्यजन्तुको आवतजावत रोक्न बनाइएको छेकवार संरक्षण गर्नु बस्ती र मानवको पनि संरक्षण भएको हुनाले यसलाई जोगाउन समुदायकै महत्वपूर्ण भूमिका रहने समेत उनले बताए । डब्लुडब्लुएफले समुदायबासीमा पुर्याएको योगदानले त्यहाँका बासिन्दाको जीवनस्तर उकास्न समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको संस्थाका वाइल्डलाइफ बायोलोजिष्ट शंशाक पौडेलले बताए । अन्तर्क्रिया कार्यक्रममा डब्लुडब्लुएफका कन्जरभेसन प्रोग्राम डिरेक्टर कंचन थापाले समेत सहभागीहरुका विभिन्न जिज्ञासा मेटेका थिए ।

वन्यजन्तु व्यवस्थापन एउटा वैज्ञानिक विधि हो । प्राकृतिक वासस्थानमै सबै आवश्यकता पूरा हुन सके वन्यजन्तु मानव बस्तीमा पस्ने क्रम घट्छ । यसका लागि वन्यजन्तुको बासस्थान व्यवस्थापन, अनुगमन तथा संख्या र व्यवहारको वैज्ञानिक अध्ययन तथा संरक्षणसँगै त्यसको उपयोग र व्यवस्थापनमा समेत ध्यान दिनु आवश्यक रहेको सहभागीहरुको भनाई थियो ।

वन्यजन्तु जोगाउँन सरकार, स्थानीय निकाय र समुदायले पर्यावरण संरक्षणमा पनि विशेष ध्यान पुर्याउनु आवश्यक रहेको बताउँदै कन्ट्री रिप्रिजेन्टेटिभ गुरुङले हाम्रा खोला र नदीनाला स्वच्छ नभए कुनैदिन वन्यजन्तु लोप हुनसक्ने भन्दै नदीलाई स्वच्छ राख्न सबैले हातेमालो गर्नुपर्ने बताए । कम्युनिकेशन अफिसर स्नेहा ताम्राकारद्वारा संचालित अन्र्तक्रिया कार्यक्रममा चिफ अपरेटिङ अफिसर रवि प्रताप सिंह लगायत विभिन्न संचारमाध्यमका प्रतिनिधिहरुको सहभागिता थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested