चलचित्रकर्मीहरुले आफ्नो घरखेत-जग्गाजमिन बेचेर यो क्षेत्रलाई यहाँसम्म ल्याएका हुन
चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत जग्गाजमिन बेचेर यो क्षेत्रलाई यहाँसम्म ल्याएको उनको दाबी थियो । तर सरकारले चलचित्र क्षेत्रलाई यो गर्दिए है भनेर गौरव गर्न लायक कुनै ठाउँ नभएको उनले बताए । नेपाली फिल्मका लागि सरकारले एउटा स्टुडियो समेत बनाउन नसकेकोप्रति पनि केसीले आक्रोश पोखे । राष्ट्रिय चलचित्र उद्योगको विकासलाई प्राथमिकतामा राखेर आफूहरुले धेरैपटक पहल गरेको दाबी थियो ।

चलचित्र विकास बोर्डमा बिहिबार आयोजित बिदाई कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनको दुईवर्षे कार्यकाल दुईदिन अघि सकिएको हो । दस बर्षको उमेरबाटै चलचित्र क्षेत्रमा होमिएको स्मरण गर्दै उनले लामो यात्राका दौरान विकास बोर्डको अध्यक्षसम्म बनेको सुनाए । एउटा चलचित्रकर्मीका रुपमा आफूमाथि धेरै अपेक्षा राखिएको भन्दै उनले यस्तो अपेक्षा स्वभाविक रहेको बताए । ‘हुनपनि मैले कला क्षेत्रको दुःखःमर्का बुझेको छु तर यहाँ आएपछि मलाई थाहा भयो, बोर्डमा थोरै मात्र अधिकार हुँदोरहेछ, जुन चीज २०२६ को ऐनमा चलिराखेको छ, प्रस्तावित नयाँ ऐन पास हुन सके नब्बे प्रतिशत समस्या समाधान हुन्छन’ उनले भने, ‘तर जति गरेपनि ऐन मन्त्रालयमै गएर रोकिन्छ ।’ पछिल्लो समय प्रस्तावित ऐन संचार मन्त्रालय बाट अर्थमा पुगेको समेत उनले बताए ।

आफुले सोचे जस्तो काम हुन नसकेपनि आफ्नो कार्यकालमा श्रोतसाधनले भ्याएसम्म चलचित्र क्षेत्रको हितका लागि काम गरेको बताउँदै उनले बाहिरै बसेरपनि राम्रो कामका लागि निरन्तर प्रयास गर्ने बताए । ‘आगामी दिनमा पनि म चलचित्र क्षेत्रका लागि अहोरात्र खट्नेछु । यो देश र कलाकारिता छोडेर म कतै जाने छैन,’ उनले भने ।















OEM Espresso Robot Suppliers & Factories
OEM Ai Coffee Machine Manufacturer & Supplier OEM Ice Cream Server Suppliers & Factory Custom Robotic Coffee Maker Manufacturer & Manufacturers Custom Robotic Coffee Kiosk Manufacturer & Factory emsfitnesspro.ru OEM Espresso Robot Suppliers & Factories