English

डोल्पामा भेटियो १२० हिउँचितुवा



हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डोल्पोबुद्ध तथा छार्काताङसोङका सामुदायिक वन क्षेत्रमा ३० गरी १ सय २० वटा दुर्लभ हिउँचितुवा भेटिएको तथ्यांक सार्वजनिक गरेको हो । हिउँ चितुवा उच्च पहाडी भेगमा पाइने दुर्लभ, लोपोन्मुख र संरक्षित वन्यजन्तु हो । हिउँचितुवा विश्वमै एशियाका १२ राष्ट्रहरुमा ४ हजार देखि ६ हजार ५ सयको संख्यामा रहेको अनुमान गरिएको छ । नेपाल संख्याका आधारमा चौथो राष्ट्रमा पर्छ । यसकारण हिउँचितुवा अवलोकनका लागि नेपाल एक प्रमुख गन्तव्य हुनसक्नेछ ।

यो प्रजाति आफ्नो वासस्थान र वातावरणमा प्रमुख शिकारी भएकाले पर्यावरणको स्वस्थता र सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका हुन्छ । दुर्गम भौगोलिक क्षेत्रमा बस्ने भएकाले यो सबैभन्दा कम अध्ययन गरिएको प्रजातिमा पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत विश्व सिमसार दिवसको अवसरमा ९० हिउँचितुवाको संख्या सार्वजनिक गरेको थियो । सन् २०१९ मा हिउँचितुवा गणनाका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३ सय १९ वटा स्वचालित क्यामेरा जडान गरिएको छ ।२०४० सालमा स्थापित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हिउँ चितुवाको प्रमुख क्षेत्र हो । निकुञ्ज क्षेत्रको करिब ३ हजार देखि ४ हजार ५ सय मिटर उचाइमा हिमचितुवा भेटिने गरेको छ ।

हिउँचितुवाको संरक्षणमा डब्लुडब्लुएफले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । हिउँचितुवाको अनुसन्धान र संरक्षणमा विश्वभर विभिन्न प्रयासहरु भइरहेको उल्लेख गर्दै यसको दिर्घकालिन संरक्षणका लागि नेपाल सरकार र स्थानीय समुदायसँग सहकार्य गर्ने अवसर पाउँदा संस्थालाई थप जिम्मेवार बनाएको डब्लुडब्लुएफका नेपाल प्रतिनिधि घनश्याम गुरुङले बताए । हिउँचितुवाको संरक्षण र स्थानीय समुदायको जिवनस्तर उकास्ने समानान्तर प्रयासलाई अघि बढाउन डब्लुडब्लुएफ नेपालले निरन्तर प्रयास गरिरहने समेत गुरुङले प्रतिबद्धता व्यक्त गरे ।

हिउँचितुवाको अध्ययन अनुसन्धानमा खटिने वन्यजन्तु अनुसन्धानकर्ता, वैज्ञानिक, स्थानीय समुदाय र डब्लुडब्लुएफको साथ र सहयोगका लागि वन तथा भू–संरक्षण विभागमा महानिर्देशक शिव कुमार वाग्लेले धन्यवाद व्यक्त गरे । आगामी दिनमा मानव र हिउँचितुवा द्धन्द न्यूनीकरणका लागि पशु विमा तथा राहत व्यवस्थापन, घरपालुवा तथा पशुचौपायाको चरिचरण, पर्यापर्यटन प्रर्वद्धन, जडिबुटी उत्पादन क्षेत्र विकासका निम्ति दिगो, वैज्ञानिक र एकीकृत व्यवस्थापनमा सबैको सहयोगको अपेक्षा गरेको डिभिजन वन कार्यालय डोल्पाले बताएको छ ।

तस्बिर : टासी घले र इन्भाटो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested