English

दीपक–दीपाको सिनेमा हल आजैदेखि दर्शकका लागि खुला (फोटो फिचर)



कलाकारद्वय दीपकराज गिरीदीपाश्री निरौलाले बानेश्वरस्थित एनबी सेन्टरमा आइएनआइ सिनेमाको फ्रेन्चाइज अन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याएका छन् । शुक्रबार बिहान उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ कलाकारहरूको उपस्थितिमा हलको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा दीपकराज गिरीले फिल्म चलाएर आम्दानी हुने रकमको पचास प्रतिशत निर्मातालाई दिने बताएका छन् । अन्य हलले ४० प्रतिशत सेयर दिँदै आएका छन् ।

उद्घाटन समारोहमा नेपालका चलचित्रकर्मीहरू मनोज पण्डित, गौरी शंकर धुजु, कृषा चौलागाईं, नरेन्द्र महर्जन, गोपाल कायस्थ, जितु नेपाल, सम्झना उप्रेती रौनियार लगायतको उपस्थिति रहेको थियो ।

४ सय सिट क्षमता भएको दुइटा अडिटोरियम हल छन् । शुक्रबारदेखि नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शनसँगै हल सञ्चालनमा ल्याइएको हो । हलमा बलिउड फिल्म ‘जवान’ र हलिउड फिल्म ‘द नन २’ पनि प्रदर्शन भइरहेको छ ।

दीपक र दीपाले सिनेमा हल निर्माणका लागि १० करोड रुपैयाँ खर्चिएको बताउँदै आएका छन् ।

तस्बिर : विकास रौनियार

यो पनि…
‘नाङ्गो गाउँ’ को प्रिमियर शोमा कलाकार (फोटो फिचर)
‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested