English

‘साउने सोमबारको व्रतमा भोकै बस्न पर्दैन’



साउन महिना शिवसँग जोडिएको महिना हो । विशेष गरी महिलाहरू साउनको सोमबार व्रत बसी शिवको पूजा आराधना गर्छन् । यसो गर्दा आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । त्यसो त हिन्दु धर्मावलम्बीहरू साउन महिनालाई विशेष महत्वका लिन्छन् । यस महिनामा धेरै वर्षा हुँदा पानीमा विकार पदार्थहरू मिश्रित भएका हुन्छन् । जस कारणले व्रत बस्दा पेट सफा र पाचन प्रणाली सन्तुलन भएर व्यक्तिको जीवनशैली स्वास्थ्यकर हुन्छ ।

व्रतको विशेषता

शिवजीलाई जल अत्यधिक प्यारो लाग्छ । त्यसो त साउनमा पानी पर्ने भएकाले यसलाई शिवको खास महिना मानिन्छ । शिवले विष धुँदा शरीर जलन भइरहेको हुन्छ । जस कारणले जलधारा प्रिय शिव भनेर जल चढाइन्छ । सोमबार शिवको पूजा, आराधना, व्रत, उपासना गर्दा भक्तहरूप्रति प्रसन्न र खुसी हुने शास्त्रमा उल्लेख छ ।

यसका साथै साउनको सोमबार शिवको पूजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ । अविवाहित युवतीहरूले साउनमा व्रत बसेर राम्रो पति पाउँ भन्ने चाहना राख्दछन् भने उसको मनले चिताएको जीवनसाथी पाउँछन् भन्ने मान्यता पनि छ । विवाह भएकाले पुत्र चाहेमा व्रत बस्दा प्राप्त हुन्छ । यसै गरी धन–सम्पत्तिका साथसाथै प्रसिद्धि पनि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

कसरी बस्ने व्रत ?

व्रत बस्दा दिनभरि जल, फल खाने र बेलुका भगवान शङ्करको पूजा गरेर खीर वा शाकाहारी भोजन बनाएर खान सकिन्छ । साउने सोमबारको व्रतमा भोकै बस्न पर्दैन । व्रत बस्दा महिना भरी माछा, मासु, अण्डा, प्याज, लसुन र मुसुरोको दाल खानु हुँदैन । यसका साथै सकेसम्म गाँजर पनि नखानु राम्रो मानिन्छ । यस्तो खानाले भगवानप्रति चिन्तन नभई मन अन्यत्र डुल्न सक्छ । त्यसैले शाकाहारी भोजनसँगै शुद्ध मनले व्रत बस्दा चिताएको कुरा पुरा हुन्छ ।

(देवघाट हरिहर सन्यास आश्रमका ब्रह्मचारी डा. नवराज पौडेलसँग गरिएको कुराकानीमा आधारित)

यो पनि…
पशुपतिनाथमा भक्तजन (फोटो फिचर)
पशुपतिमा जे देखियो (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested