राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८० वितरण (फोटो फिचर)
युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका प्रतिभावान् युवाहरूलाई सम्मान गरेको छ । मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण गरिएको हो ।

यस वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत हुनेमा पर्यटन प्रवर्द्धन तथा समाज सेवा तर्फ काठमाडौँको वि विल राइज फाउन्डेसन, कृषि तर्फ झापा का चन्द्रप्रसाद बस्नेत र सुर्खेतका हिराबहादुर घर्ती, वातावरण संरक्षण तर्फ कैलालीका हिरुलाल डंगौरा , युवा सशक्तीकरण र नेतृत्व विकास तर्फ प्युठानका भावना भट्ट र धादिङका दिवाकर अर्याल, पर्यटन प्रवर्द्धन तर्फ रुकुम पश्चिमका सृजना ओली, समाजसेवा तर्फ काठमाडौँका सौरभ रिमाल, विज्ञान तथा प्रविधि तर्फ दाङका दीपेन्द्र नेपाली तथा स्वास्थ्य क्षेत्र तर्फ धादिङका डा. राम थापा क्षेत्री रहेका छन् ।

त्यस्तै युवा पत्रकारिता पुरस्कारबाट सरकारले केशवबहादुर रोका, मेनुका ढुंगाना, प्रकाशबहादुर सिंह र विनोद घिमिरेलाई सम्मान गरेको छ ।
मन्त्रालयले युवा प्रतिभा सम्मान कार्यविधि २०७२ अनुसार मूल्याङ्कन भई छनौट भएका व्यक्तिलाई पुरस्कार प्रदान गरेको हो ।













यो पनि…
राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वि विल राइज फाउण्डेसन छनौट
राइज मिडियाका निर्देशकद्वय ‘जनसेवाश्री’ बाट सम्मानित










Wilmer
References: Steroids muscle building References: https://platform.joinus4health.eu/forums/users/virgodaniel8/