English

‘नेपाली पात्रो’सँग डिजिटल सहकार्यका लागि यसरी जोडिनुहोस्



नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ले रेडियो तथा अनलाइन सम्बन्धी सहकार्य गरेको छ । ‘नेपाली पात्रो’ ले नेपाली रेडियोहरू तथा अन्य डिजिटल मिडियाहरूसँग सहकार्य गर्दै संसारभर छरिएर रहेका नेपालीहरूले आ–आफ्नो प्रदेशका गतिविधिहरू सुन्न र अनलाइन समाचारहरूसँग अपडेट बस्न मिल्ने व्यवस्था गरेको हो ।

उक्त सहकार्यका लागि नेपाली पात्रोको मिडिया म्यनाजर आशिस कार्की लाई सम्पर्क गर्न सकिने बताइएको छ । विगत १० वर्ष भन्दा लामो समयदेखि नेपाली रेडियो तथा डिजिटल मिडियासँग नजिक रहेका कार्की नेपाली रेडियोलाई डिजिटल प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण भूमिका रहेको छ।

नेपाली पात्रो एप नेपालको पहिलो कम्युनिटी एप हो । यो एपमा नेपाली तिथीमिती तथा पञ्चाङ्गको जानकारी, नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण, दैनिक, साप्ताहिक मासिक तथा वार्षिक राशिफल, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार, नेपाली एफ एम तथा अनलाइन रेडियोहरू, विदेशी विनिमय दर, सुन चाँदीको दर रेट, मौसम तथा सरकारी बिदाहरू, ज्योतिष परामर्श सेवा लगायत अन्य धेरै सुविधाहरू छन् ।

नेपाली तथा अङ्ग्रेजी भाषासहितको नेपालका महत्त्वपूर्ण तथा विश्वासिलो अनलाइन समाचार स्रोत आबद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरूलाई प्रभावकारी ढङ्गले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रूपमा परिचित रहेको छ ।

यो पनि…
‘नेपाली पात्रो’को सिईओमा सन्तोष देवकोटा नियुक्त
नेपाली पात्रोको नयाँ रेडियो अपडेट हेर्नु भयो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested