English

‘नीरफूल’को ट्रेलर सार्वजनिक



आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथाबस्तु समेटिएको फिल्मको कोरोना–लकडाउनको बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन लेखक तथा संचारकर्मी फूलमान वलले गरेका हुन् । युट्युवमार्फत शुक्रबार सार्वजनिक ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखिन्छ ।

भुकम्पपछि भौतिक पुर्ननिर्माण त भयो, तर भत्किएका सम्बन्धहरुको पुर्नर्निमाण अझै बाँकी छ, नीरफूल तिनै भत्किएका सम्बन्धहरुको सानो कथा हो ।

पटकथा लेखक समेत रहेका निर्देशक वलले भुकम्पले भत्काएको मनहरुलाई फिल्म ‘नीरफूल’मार्फत जोड्ने प्रयास गर्न खोजेको बताए । ‘भुकम्पपछि भौतिक पुर्ननिर्माण त भयो, तर भत्किएका सम्बन्धहरुको पुर्नर्निमाण अझै बाँकी छ’, उनले विज्ञप्तिमार्फत भने, ‘नीरफूल तिनै भत्किएका सम्बन्धहरुको सानो कथा हो ।’ अभिनेता दयाहाङ राईले स्क्रिप्ट लोभ लागेकै कारण अरु फिल्मको व्यस्तताको बिच ‘नीरफूल’लाई समय निकालेर रुवी भ्याली पुगेको बताए । ‘अन्य फिल्ममा भन्दा निकै फरक भुमिका यो फिल्ममा गरेको छु’, उनले भने ।

‘फिल्ममा समाज आएन, कन्टेन्ट आएन’ भन्ने आरोप नेपाली फिल्मकर्मीलाई लागिरहेको बेला ‘नीरफूल’ले त्यो अभाव पुर्ति गर्ने पनि उनले दावी गरे । धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ । सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

यो पनि…
एकैथलोमा कविताका तीन पुस्ता
‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested