English

राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वि विल राइज फाउण्डेसन छनौट



वि विल राइज फाउण्डेसन राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि छनौट भएको छ । पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा सक्रिय उक्त फाउण्डेसनलाई युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उक्त पुरस्कार प्रदान गर्नेछ ।

मन्त्रालयद्वारा पर्यटन प्रवर्द्धन तथा सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुराएको मूल्याङ्कन गर्दै सम्मानका लागि छनौट भएको वि विल राइज २०७२ को महाभूकम्पपछि स्थापना भएको हो । उक्त संस्थाले देश तथा विदेशमा समेत निरन्तर शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । नेपालका कुना काप्चामा रहेका पर्यटकीय स्थलको उजागर गर्न ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज पनि यही फाउण्डेसनले सुरु गरेको छ ।

मन्त्रालयले युवा प्रतिभा सम्मान कार्यविधि २०७२ अनुसार मूल्याङ्कन भई खुल्ला प्रतिस्पर्धाको आधारमा फाउण्डेसन सहित विभिन्न विधामा दश जना युवाहरूलाई सम्मानका लागि छनौट गरिएको जनाएको छ । कृषितर्फ हिरा बहादुर घर्ती र चन्द्र प्रसाद बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डंगौरा, युवा सशक्तीकरण र नेतृत्व विकासतर्फ भावना भट्ट र दिवाकर अर्याल, पर्यटन प्रवर्द्धनतर्फ सिर्जना वली, समान सेवातर्फ शौरभ रिमाल, विज्ञान तथा प्रविधितर्फ दीपेन्द्र नेपाली र स्वास्थ्यतर्फ डा. राम थापा क्षेत्री छनौट भएका छन् ।

यो पनि…
राइज मिडियाको दोस्रो पाइला
राइज मिडियाका निर्देशकद्वय ‘जनसेवाश्री’ बाट सम्मानित



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested