English

नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने



एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ । 

कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा २४२ रनमा अलआउट भयो। जितसँगै कुवेत अन्तिम चारमा पुग्दा हङकङ भने बाहिरियो।

समूह ‘ए’ बाट नेपाल समूह विजेता र ओमान उपविजेता बनेर अन्तिम चारमा पुगे। बिहिबार हङकङलाई पराजित गरेको कुवेत समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुग्यो। समूहमा युएई भने विजेता बन्यो। 

अब सेमिफाइनलमा नेपाल र कुवेत तथा युएई र ओमानबीच खेल हुनेछ। दुवै सेमिफाइनल आगामी शनिबार हुनेछन्।

समूहमा नेपालले ७ अंक जोड्दा ओमानले ६ अंक जोड्यो। यस्तै समूह ‘बी’ मा युएई र कुवेतले समान ६-६ अंक जोडे। रनरेटमा युएई अघि रह्यो। ५ अंक जोडेको हङकङ भने बाहिरियो।

फाइनल आगामी सोमबार हुनेछ भने आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल जित्ने टिम एसिया कपमा छनोट हुनेछ। एसिया कपमा प्रिमियर कप च्याम्पियन टिम भारत र पाकिस्तान सम्मिलित समूहमा पर्नेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested