English

एकैदिन ५,७२७ मा कोरोना पुष्टि, ३३ जनाको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ३ हजार २ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ९ सय २८ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ८१ हजार ९५ रहेका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५५ रहेको छ भने आइसोलेशनमा ३८ हजार ८ सय १३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १५ हजार ३ सय ९१ जनाको पीसीआर परीक्षण भएको छ भने ५ सय २५ जनाको एन्टिजेन परीक्षण भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested