English

पुराना सामानबाट यसरी सजाउनुहोस् घर



हरेककोे घरमा काम नलाग्ने धेरै वस्तुहरूले ठाउँ ओगटिरहेका हुन्छन् । सामानहरू टुटेर, फुटेर, भाँचिएर, च्यातिएर बिग्रिएका सर–सामानले घरको सुन्दरतालाई बिगारिरहेको हुन्छ ।

वास्तुविज्ञानलाई विश्वास गर्ने हो भने यस्ता बेकामे सामान घरमा राख्नु अशुभ हो । फुटेको कप, घडी, ऐना, भाँचिएको फर्निचर, च्यातिएको कपडा जस्ता डस्बिनमा मिल्काउनुपर्ने सामग्रीलाई पुनः प्रयोग गर्न सकिन्छ ।

यस्ता सामान अनलाइन वा अन्य माध्यमबाट बिक्री गर्न सकिन्छ । कतिपयलाई दोस्रो प्रयोजनका लागि पुनः निर्माण र प्रयोग गर्न पनि सकिन्छ । यसले अनावश्यक वस्तुको उचित व्यवस्थापनमा सहज भएको छ । यो एक रचनात्मक काम हुनुका साथै रोजगारी पनि हो । कतिपयले त यसमै करियर बनाएका पनि छन् ।

यति मात्रै होइन, सग्लो नरहेका यस्ता वस्तुलाई फरक प्रारूपमा सजाएर भिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

च्यातिएको कपडा

च्यातिएको कपडालाई टालेर वा सिलाएर नयाँ स्वरूप दिन सकिन्छ । त्यसलाई टुक्रा बनाएर घर–भान्सा सफा गर्ने रुमालका रूपमा पनि उपयोग गर्न सकिन्छ ।

पेय पदार्थको बोतल

धेरैको घर–भान्सामा चिसो पेय पदार्थको बोतलले भरिएको हुन्छ । खासगरी कोकाकोला र फेन्टाका प्लास्टिकका बोतल अधिकांशको भान्सामा भेटिन्छन् । यी बोतललाई गमलाकै रूपमा प्रयोग गर्न सकिन्छ । खासगरी, ह्याङ्गि प्लान्ट एवं फूल रोप्नका लागि यो उपयुक्त हुन्छ । यसैगरी, यसलाई पेन होल्डर पनि बनाउन सकिन्छ ।

पुराना किताब

किताबको थुप्रो त हरेकको घरमा हुन्छ । खासगरी बालबच्चाले पढेर सकाएका पुस्तक र कपीहरू घर–घरमा पाइन्छन् । यस्ता किताब बालबच्चाले पुनः पढ्नका लागि प्रयोग नगर्ने भएकोले कोठाको भित्ता सजावटमा पनि प्रयोग गर्न सकिन्छ । यसलाई टुक्रा–टुक्रा गरेर भित्तामा सजाउन सकिन्छ, वालपेपरकै शैलीमा ।

काठको भित्तामा किताबका टुक्राहरूलाई मिलाएर टाँस्दा आकर्षक देखिन्छ । साथै, यसले नयाँपन पनि दिन्छ । किताबकै पानाहरूबाट फ्लावर भास बनाउन सकिन्छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

Latest










Popular
Suggested