English

‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९’ सुक्मीत गुरुङलाई



हरेक वर्ष स्रष्टा सम्मानमा ठुलो धनराशि सहित सम्मान गर्दै आइरहेको विन्ध्यवासिनी म्युजिकले यो वर्षको संगीत साधना सम्मान अग्रज गायिका सुक्मीत गुरुङलाई समर्पण गर्ने भएको छ । संगीत कर्मबाट सामाजिक कार्य तथा नेपाली सङ्गीत क्षेत्रको श्रीवृद्धिका लागि निरन्तर लागिरहेको विन्ध्यवासिनी म्युजिक अवार्डको १३औँ संस्करण आगामी वैशाख २२ गते हुने र सोही समारोहमा यो सम्मान प्रदान गरिने कुरा विन्ध्यवासिनी म्युजिकले जनाएको छ ।

यसअघि विन्ध्यवासिनी संगीत साधना सम्मानबाट भजन शिरोमणि भक्तराज आचार्य बि.सं. २०७०, सङ्गीतकार सम्भुजित बास्कोटा बि.सं.२०७१, सङ्गीतकार शक्ति वल्लभ बि.सं.२०७२, गीतकार.कृष्णहरि बराल बि.सं. २०७३, गायक दीप श्रेष्ठ बि.सं. २०७४, गायिका ज्ञानु राणा बि.सं. २०७५, गायक दीपक खरेल बि.सं. २०७६, गायिका कुन्ती मोक्तान बि.सं.२०७७ र गायिका तारा थापा बि.सं. २०७८ सम्मानित भएको विन्ध्यवासिनी म्युजिकले जनाएको छ ।

विन्ध्यवासिनी म्युजिकले स्रष्टाका सम्मानमा समर्पण गर्ने लाइफ टाइम अचिभमेन्ट अवार्ड रु १ लाख, संगीत साधना सम्मान रु ५० हजार, प्रेम ध्वज संगीत रत्न सम्मान रु २५ हजार र कला पत्रकारिता सम्मान रु २५ हजार धनराशिका रहेका छन् । निजी क्षेत्रबाट यति ठुलो धनराशि को सम्मान नेपाली सङ्गीत इतिहास मै पहिलो हो । यसका अलावा यसै वर्ष बाट विन्ध्यवासिनी फाउन्डेसन ले रु २५ हजार धनराशि सहित को “झलकमान लोक संगीत सम्मान“ को घोषणा गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को सिफारिस बमोजिम कुनै एक लोक स्रष्टा/प्रस्तोता लाई यो सम्मान प्रदान गरिने कुरा विन्ध्यवासिनी फाउन्डेसन की अध्यक्ष लिना शर्मा रेग्मीले बताइन् ।

यो पनि…
‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९’ नरेश भट्टराईलाई
भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार प्रदान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

Latest










Popular
Suggested