English

‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९’ नरेश भट्टराईलाई



नेपाली सङ्गीत क्षेत्रमा क्रियाशील संस्था विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९’ पत्रकार नरेश भट्टराई प्रधान गर्ने भएको छ । विगत २५ वर्षदेखि विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर गीत सङ्गीत र स्रष्टा प्रवर्द्धन एवं विकासमा योगदान पुराएका भट्टराईलाई २५ हजार धनराशि सहित उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मी बताइन् ।

नेपाली सङ्गीत क्षेत्रको श्रीवृद्धिका लागि विगत २५ वर्ष देखि क्रियाशील विन्ध्यवासिनी म्युजिक प्रा. लि. ले गत १३ वर्ष देखि वार्षिक रूपमा विन्ध्यवासिनी म्युजिक अवार्ड गर्दै आइरहेको छ । स्रष्टालाई सम्मान गरिरहँदा उनीहरूको प्रवर्द्धनमा भूमिका निभाएका पत्रकारलाई पनि नेपाली सङ्गीत समाज ले सम्मान गर्नुपर्छ भन्ने मान्यता राखेर बिन्ध्यबासिनि म्युजिक प्रा.लि. ले यो सम्मान को सुरुआत गरेको अध्यक्ष शर्माले जानकारी दिइन् । निजी क्षेत्रबाट भएको यस्तो सम्मान नेपाली सङ्गीतको इतिहास मै पहिलो भएको उनी बताउँछिन् ।

यस अघि विन्ध्यवासिनी गीत सङ्गीत पत्रकारिता पुरस्कारले गीत सङ्गीत बिटमा विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर काम गरिरहेका पत्रकारहरूलाई पनि विन्ध्यवासिनी म्युजिकले पुरस्कृत गरेको उनले बताइन् ।

वि.स. २०७० सालमा विदुर गिरी, फूलमान बल, विजय सुवेदी(आवाज),कृष्ण भट्टराई, अशोक प्यासी राई, लक्ष्मण सुवेदी, दीपक विहीन, मन्दिरा ढुङ्गेल,नरेश भट्टराई, तुलसी गिरी ‘भावुक’, प्रदीप निरौला, युमाश शेर्पा, स्वीकृत नेपाल, सुरज श्रेष्ठ, लोक सञ्चारकर्मी नेपाल संस्था र हेम सुवेदी पुरस्कृत भएका थिए । यसै गरी विक्रम सम्वत २०७१ सालमा सूर्य कुमार क्षेत्री, राजाराम फुयाँल, शान्तिप्रिय, नवराज लम्साल, सविना कार्की, राज श्रेष्ठ,चन्द्रमणि गौतम, राजु बोहरा, डब्बु क्षेत्री ,गोविन्द गिरी, अनन्त वाग्ले, डम्बर बहादुर बुढाथोकी, नवीन दाहाल, श्याम स्मृत, राजन घिमिरे, रेमन दास श्रेष्ठ, सुब्रत आचार्य विन्ध्यवासिनी गीत सङ्गीत पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत भएका थिए ।

यसका साथै यो पुरस्कारबाट कला सुब्बा, विदुर खतिवडा, आर.सी. यादव, अजिता अधिकारी, मनोज पन्त, राम अविरल, मोहन कुमार विष्ट, सुमन वैरागी, तुलसी बस्नेत, शारदा थापा,कृतन अधिकारी, प्रिया थापा, भूमीमा थापा, गोविन्द रोस्वारा, निमेष गौतम, सामीप्य राज तिमिल्सिना, सन्तोष भट्टराई, अनुषा पौडेल, आशेष अधिकारी, गीता अधिकारी, एम.पी. सुब्बा, अमर ध्वज लामा,अनुपा श्रेष्ठ, विष्णु प्रसाद गौतम, ध्रुव लम्साल, जीवन पराजुली, मधु शाही, प्रतिमा श्रेष्ठ, रिता लिम्बु, विजय नेपाल, अनिता खत्री, हरि वल्लभ नेपाल, केशव ढकाल, कृष्ण वली, प्रकाश पौडेल, सपनी राई, शिवम कुमार शाह लगायतलाई विन्ध्यवासिनी म्युजिक प्रा.लिले सम्मान गरिसकेको छ ।

विन्ध्यवासिनी कला पत्रकारिता सम्मानबाट हालसम्म सम्मानित व्यक्तित्वहरूको नामावली यस्तो छ ।

१.विदुर गिरी वि.सं. २०७०
२.नवराज लम्साल वि.सं.२०७१
३. कृष्ण भट्टराई वि.सं.२०७२
४.सुमन खरेल वि.सं.२०७३
५. डब्बु क्षेत्री वि.सं.२०७४
६. रमण घिमिरे वि.सं.२०७५
७. राजेश खनाल वि.सं २०७६
८.अनन्त वाग्ले वि.सं.२०७७
९. श्याम स्मृत वि.सं.२०७८
१०. वि.सं.२०७९ मा नरेश भट्टराई

यो पनि…
भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार प्रदान
‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७९’ दिपा दाहाललाई



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested