English

प्रतितोला आठ सय रुपैयाँ बढ्यो सुनका् मूल्य



शुक्रबार छापावाला सुनको मूल्य आठ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख एक हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्ला दुई दिन घटेको सुनको मूल्य शुक्रबार बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबर भएकोमा बुधबार भने प्रतितोला एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार एक लाख एक एक हजार रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार शुक्रबार चादीको मूल्य पाँच रुपैयाँले घटेको छ। बिहीबार एक हजार २२५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार एक हजार २२० रुपैयाँमा किनबेच भएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested