English

मोलुङ हाइड्रोपावरको आइपिओ बाँडफाँट



मोलुङ हाइड्रोपावरको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ। कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणको लागि २२ लाख ६४ हजार पाँच सय ५५ कित्ता सेयर जारी गरेको थियो।

कम्पनीले जारी गरेको सेयरमा ६.८३ गुणा बढी आवेदन परेको थियो। १४ लाख १७ हजार आवेदकले एक करोड ५४ लाखभन्दा बढी कित्ताको माग गरेका थिए। आवेदकमध्ये दुई लाख २६ हजार चार सय ६५ लाई प्रतिव्यक्ति १० कित्ताको दरमा र पाँच भाग्यमानीलाई भने थप एक कित्ता सहित ११ कित्ताको दरमा सेयर बाँडफाँट गरिएको छ। 

कुल २७ लाख २८ हजार पाँच सय कित्ता सेयर जारी गरेको कम्पनीले दुई लाख ७२ हजार आठ सय ५० कित्ता सेयर वैदेशीक रोजगारीमा रहेकाहरूको लागि र अन्य बाँकी सर्वसाधारण सहित आयोजनाका कर्मचारी, सामूहिक लगानी कोषको लागि छुट्याएको थियो। सेयर बाँडफाँट सँगै कम्पनीको चुक्ता पुँजी ८० करोड २५ लाख रूपैयाँ पुगेको छ। 

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested