English

‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेदेखि



अभिनेता जितु नेपालले आफ्नो टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को औपचारिक घोषणा गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता नेपाल भने नयाँ स्वरूपमा देखिने जनाइएको छ ।

दिनेश डीसीले निर्देशन गर्ने कार्यक्रमको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की हुनेछिन् । यसअघि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम अबदेखि कान्तिपुर टिभीमा प्रसारण हुने भएको छ ।

की–इन्टरटेनमेन्ट तथा एडी रिलिजको सहकार्यमा यो शो चैत २ गतेदेखि प्रसारण हुने भएको छ । प्रत्येक साता विहिबार राती ९ बजे जितु नेपाल, प्रियंकासहित दमन रुपाखेती, राजेन्द्र नेपाली, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटा लगायतका कलाकारले दर्शकलाई मनोरञ्जन दिने भएका छन् । कार्यक्रम संयोजकमा सुमन गिरी भान्जा छन् ।

निर्देशक डीसीले नयाँ मिडिया र आधुनिक दर्शकलाई समेत लक्षित गरि कार्यक्रम बनाउन लागिएको बताए । अभिनेत्री कार्कीले आफू पहिलेदेखि नै यो शोको फ्यान रहेको बताउँदै नयाँ स्टुडेन्ट भर्ती भएर आएजस्तो महसुस भएको बताइन् । सबै उमेर समूहका दर्शकलाई लक्षित गरि पारिवारिक शो बनाउन लागिएको जानकारी नेपालले दिए । ५२ एपिसोड प्रसारण गर्ने तयारी छ ।

यो शोपछि नेपाल र डीसीले फिचर फिल्ममा सहकार्य गर्नेछन् । जितुको अभिनय रहने आगामी फिल्मलाई डीसीले निर्देशन गर्ने तयारी छ जसको छायांकन जेठदेखि सुरु हुँदैछ ।

यो पनि…
हास्यकलाकार जितु नेपालको नजरमा पढ्नै पर्ने ४ पुस्तक
‘ह्यारी की प्यारी हेर्न’ पुगेका सेलिब्रिटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested