English

हास्यकलाकार जितु नेपालको नजरमा पढ्नै पर्ने ४ पुस्तक



हास्यकलाकार जितु नेपाल (मुन्द्रे) पुस्तक प्रेमी छन् । जीवनको यो कालखण्डसम्म उनले थुप्रै पुस्तक अध्ययन गरिसके । कोरोना संक्रमण तीव्र गतिमा पैmलिएसँगै यतिबेला नेपाल बन्दाबन्दीको अवस्थामा छ । घरमै बसेर पुस्तक पढ्न चाहेकाहरुलाई भने यो उपयुक्त समय हो । त्यसैले नेपालले आफूलाई मनपर्ने चार पुस्तक सिफारिस गरेका छन् ।

सेतो धर्ती

सेतो धर्ती अमर न्यौपानेको एक उत्कृष्ट कृति हो । न्यौपानेले एकल महिलाको गर्भ देखि मृत्यु प्रतिक्षाको समयमम्म्मको कथालाई उपन्यासको रुप दिएका छन् । यस पुस्तकले वि.सं २०६८ सालमा मदन पुरस्कार समेत जितेको थियो । यो किताब साहै्र मीठो र सजिलो भाषामा लेखिएको छ । पाठकहरुको लागि यो पुस्तक एउटा राम्रो सिफारिस हुन सक्छ ।

पल्पसा क्याफे

नारायण वाग्लेको पल्पसा क्याफे पनि एक उत्कृष्ट उपन्यास हो । यस पुस्तकमा तत्कालीन माओवादी जनयुद्ध, राजदरबार हत्याकाण्ड र त्यसले सर्वसाधारणमा पारेको असर र विद्यमान सामाजिक अवस्थिती जस्ता समसामयिक विषयहरु समावेश गरेको छ । यस पुस्तकको भाषाशैली देखि लिएर यसको कथावस्तुले गर्दा यो पुस्तक मलाई एकदमै मन पर्छ । त्यसैले यो पुस्तक पढ्न सिफारिस गरेंँ ।

‘चिना हराएको मान्छे’ र ‘महको म’

मह जोडीको यी दुई पुस्तकलाई छुट्याउनै मिल्दैन । यी दुई पुस्तकमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको जीवनको उतार चढावको विषयमा चर्चा गरिएको छ । यस्ता बहुआयामिक व्यक्तित्वहरुको जीवन कस्तो छ ?

अभिनय गरेर अरुलाई पेट मिचीमिची हसाउने र धरधरी रुवाउन पनि सक्ने यी महान् कलाकारहरु आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन् त ? यस्ता अनेक प्रसङ्गहरुको बेलिबिस्तार चिना हराएको मान्छे र महको म पुस्तकमा छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

इटहरी/ कोशी प्रदेशका बालबालिकामा लुकेर रहेको प्रतिभा, सौन्दर्य र बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना भइरहेको प्रदेशस्तरीय वृहत बाल सौन्दर्य

Latest










Popular
Suggested