English

सेयर बजारमा हरियाली



बिहीबार सेयर बजार १२.४३ अंकले बढेको छ। यस दिन नेप्से ०.५७ प्रतिशतले बढेर २१८२.६१ बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँमा सीमित भएको छ। आज २५७ वटा धितोपत्रको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२७ रुपैयाँ पुगेको छ। यस्तै, विजय लघुवित्तको सेयर मूल्य ५.९२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९६६ रुपैयाँ पुगेको छ।

आज सर्वाधिक मूल्य घट्नेमा नबिल ब्यालेन्सड् फण्ड–३ रहेको छ। उक्त योजनाको इकाइ मूल्य ५।७५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ५४ पैसामा झरेको छ। यस्तै, गुराँस लघुवित्तको सेयर मूल्य ४.१६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८३० रुपैयाँ कायम भएको छ।

यस दिन अपि पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३०२ रुपैयाँमा ५ करोड ८६ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.६५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेको छ। उक्त कम्पनीको ६९३ रुपैयाँमा ५ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०।१६ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.४६ प्रतिशतले बढेको छ। त्यस्तै, जलविद्युत समूहको परिसूचक १.०१ प्रतिशतले बढेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested