English

माया खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट



माया खोला हाइड्रोपावरकोे आइपिओ आज (बिहीबार) बिहान बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ९९ हजार २०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओमा कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकोमा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो।

सो मध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ४० हजार कित्ता कम्पनीले यस अघि निष्कासन गरिसकेको छ।

त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ।

बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो। लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीकोे वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

Latest










Popular
Suggested