English

जाडोमा कपाल र छाला यसरी चम्किलो बनाउनुहोस्



विशेषगरी जाडोमा छालाको टोन पूरै फिक्का हुन थाल्छ । जाडोमा छाला सुख्खा हुने समस्याले धेरैलाई सताउने गर्छ । त्यसैगरी जाडोमा कपाल झर्ने र चाया पर्ने सामान्य समस्या हो । तर, छाला र कपालको हेरचाह गर्ने दिनचर्या राम्रो राख्नुभयो भने समस्या त्यति बढ्दैन । आज हामी तपाईँलाई जाडोमा निर्दोष छाला र मुलायम कपाल प्राप्त गर्नका लागि केही ब्युटी टिप्स दिँदैछौँ । यी घरेलु उपायहरू अपनाएर तपाई आफैलाई प्राकृतिक रूपमा सुन्दर बनाउन सक्नुहुन्छ ।

दही र बेसार प्याक

जाडोमा नरम छाला पाउन चाहनुहुन्छ भने दही र बेसारको प्याक अनुहारमा लगाउन सक्नुहुन्छ । छाला नीरस देखिने बेलामा यो प्याक लगाउन सक्नुहुन्छ। यसले तपाईँको छालालाई नरम बनाउनुका साथै छालालाई निखार्ने गर्दछ ।

सुत्नु अघि नरिवल तेल

यदि तपाईँ मेकअप लगाउनुहुन्छ र यसलाई नहटाई सुत्न जानुहुन्छ भने, यसले तपाईँको छालालाई असर गर्न सक्छ। मेकअप हटाउन नरिवलको तेल प्रयोग गर्नुहोस्। सुत्ने बेलामा नरिवलको तेल लगाएर पनि अनुहार सफा गर्न सकिन्छ । नरिवलको तेल लगाउनुहोस् र केही मिनेटको लागि छोड्नुहोस् र त्यसपछि भिजेको तौलियाले अनुहार पुछ्नुहोस्। यसले तपाईँको छालालाई सफा र हाइड्रेटेड राख्छ।

नरिवल र क्यास्टरको तेलले कपाल मालिस गर्नुहोस्

जाडोमा सुन्दर कपालको रहस्य मनतातो नरिवल र क्यास्टरको तेलले मसाज गर्नु हो। टाउको च्याम्पिङ गरेपछि, तातो तौलियाले कपाल बाँध्नुहोस्। केही समयपछि स्याम्पु गरेपछि कन्डिसनर लगाउनुहोस् । यसले कपाल नरम, लामो र बाक्लो बनाउँछ।

नुहाइसकेपछि अर्गन तेल लगाउनुहोस्

छालालाई सुन्दर बनाउन नुहाइसकेपछि बडी लोसनमा अर्गन तेल मिसाएर लगाउनुहोस्। यसले छालालाई हाइड्रेटेड र चम्किलो राख्छ। जाडोमा यो जीवनशैली अपनाएमा कपाल र छाला नरम रहनेछ।

यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
कपालमा कलर गर्दा नभुल्नुहोस् यी चार कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested