English

सेयर बजारमा गिरावट



साताको पहिलो दिन आइतबार खुलेको सेयर बजार १४.६८ अंकले घटेर २,१६८ विन्दुमा आएको छ।

गत बिहीबारको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ। बिहीबार दुई अर्ब ८६ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार भने तीन अर्ब एक करोड रूपैयाँको सेयर कारोबार भएको छ।

आज दुई सय ६७ वटा धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा ६३ वटाको मूल्य बढेको छ भने एक सय ८४ वटाको मूल्य घटेर किनबेच भएको छ।

लुम्बिनी जनरल इन्स्योरेन्स र बाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतको दरमा वृद्धि भएको छ। सम्बृद्धी फाइनान्स र सिभिल लघुवित्तको सबैभन्दा धेरै ६ प्रतिशतको दरमा मूल्य घटेर कारोबार भएको छ। यसदिन होटेल, टुरिजम र जीवन बिमा समूहको परिसूचकमा भने वृद्धि भएको छ।

आइएमई जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै नौ करोड ९९ लाख रूपैयाँको सेयर कारोबार भएको छ। हिमालयन उर्जा विकासको नौ करोड २१ लाखको कारोबार भएको छ। हिमालयन उर्जाले दुई सय प्रतिशत हकप्रद दिने घोषणा गरेसँगै कारोबार रकममा वृद्धि भएको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested