English

दोहोरो अंकले घट्यो सेयर बजार



साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक ४१.०२ अंकले घटेको छ। आज नेप्से परिसूचक १.८७ प्रतिशतले घटेर २१४९.४१ बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ।

गत कारोबार दिन अर्थात् मंगलबार ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ पुगेको छ। यस दिन २५२ वटा धितोपत्रको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच भएको छ।

बिहीबार सिंगटी हाइड्रोपावर र बाराही हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। सिंगटी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र बाराही हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३७४ रुपैयाँ र ३४३ रुपैयाँ ९० पैसा कायम भएको छ।

यस्तै, कुमारी धनवृद्धि योजनाको इकाई मूल्य १० प्रतिशतले बढेर प्रति इकाई मूल्य १० रुपैयाँ ४३ पैसा कायम भएको छ। यस दिन सर्वाधिक मूल्य घट्नेमा गुराँस लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ९.१८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८८२ रुपैयाँमा झरेको छ।

यस्तै, कालिका पावरको सेयर मूल्य ८.४८ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३६९ रुपैयाँमा झरेको छ। बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। यस दिन उक्त कम्पनीको ५६६ रुपैयाँमा २२ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०७ प्रतिशत घटेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर कम्पनी रहेकोे छ। उक्त कम्पनीको ५४८ रुपैयाँमा १७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.६६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ३.७० प्रतिशतले घटेको छ। यस्तै, दोस्रोमा लगानी समूहको परिसूचक ३.०१ प्रतिशतले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested