English

ओ पृथ्वीनारायण !



ओ ! पृथ्वीनारायण !!
बन्द गर तिम्रो दिव्योपदेश
ठड्याउन पर्दैन चोर औला पनि
अहमताको चन्द्रागिरि उक्लिएर हेर्नुपर्दैन अलकापुरी कान्तिपुरी ।

हेर एक पटक आफ्नै रक्ताम्मे हातहरूलाई
देखिनेछ लिम्बुनी आमाहरूको पेटभित्रको क्रूर भ्रूण हत्यागाथा

––––
हेर फर्किएर बरु तिम्रै औपनिवेशिक पाइलाहरू
देखिनेछन् तिम्रै क्रूरताले काटिएका किपु ज्यापुका नाक कान
हेर तिमिले आफ्नै मस्तिष्क भित्रको चेतनालाई
देखिनेछन् तिम्रै षड्यन्त्रले रेटिएका कैयौँ रेन्छेन दोर्जेहरु
हेर तिमिले आफ्नै हिन्दुत्वले पोतिएको पहेँलो शरीर
देखिनेछ प्रस्ट त्रिलोचन र हरिनन्दको कोसेली माटो
हेर एक पटक आफ्नै रक्ताम्मे हातहरूलाई
देखिनेछ लिम्बुनी आमाहरूको पेटभित्रको क्रूर भ्रूण हत्यागाथा
एक पटक हेर तिम्रै जङ्गबहादुर र महेन्द्रीय संस्करण पनि
देखिनेछ केवल तिम्रै असली हिन्दुस्थानाको निरन्तरता ।
––––
ओ पृथ्वीनारायण
यो ऐतिहासिक परिदृश्य भित्र
किन फलाकिरहेछौ एकताको गाथा ?

हेर बाकाविर, लखन, रामप्रसाद, सुपती आदि आदिलाई
जो चाहेनन् तिम्रो सत्ताको आडमा बाँधिएर बस्न ।

––––
हेर बरु रामलिहाङ र रिदामालाई
जो चाहेनन् तिम्रो एकल भाष्य भित्र अटाएर बाच्न
हेर बाकाविर, लखन, रामप्रसाद, सुपती आदि आदिलाई
जो चाहेनन् तिम्रो सत्ताको आडमा बाँधिएर बस्न ।
––––
ओ पृथ्वीनारायण
सदियौँ वर्षको यात्रा पश्चात्
वर्तमानको कठघरामा छौ तिमि ।
––––
हेर एकपल्ट याम्बु माथिका अग्ला शिरहरूलाई
तिम्रै गौबधको हिन्दु षड्यन्त्रमा निरन्तर कुप्रिँदै आएका छन्
हेर एकपल्ट दक्षिण तिरको समथर मधेस
जो तिम्रै गहुँगोरो अहङ्कारको रापले जलिरहेका छन्

हेर पूर्व र पश्चिमका बहु रङ्गिन राष्ट्रिय भूगोल
तिम्रै उराठिलो एकल रङ्गको आडम्बरमा खुइलिइरहेका छन्

हेर पूर्व र पश्चिमका बहु रङ्गिन राष्ट्रिय भूगोल
तिम्रै उराठिलो एकल रङ्गको आडम्बरमा खुइलिइरहेका छन्
हेर अन्तिम पटक फर्किएर जनतामाझ
तिम्रै जातरूपी हतियारले तह तहमा टुक्रीइरहेकाछन् ।
––––
तिमी भने देखाइरहेछौ केवल चोर औला
फलाकिरहेछौ राष्ट्रिय एकताको गाथा
––––
तर
प्रस्ट छ तिम्रो एकल साम्राज्यवादको क्रूर बिम्ब ।
प्रस्ट छ तिम्रो एकल हिन्दुत्वको क्रूर सपना ।
––––
ओ पृथ्वीनारायण
त्यसैले तिम्रो एकताको बिम्ब खारेज गर्दछु ।

यो पनि…
उत्तर कोरिया, मैले जे देखेँ
दुई छोरीले भरेको चेतना र परिवर्तनको चित्रण ‘युगारम्भ’ सार्वजनिक



...
binance kod

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/it/register-person?ref=P9L9FQKY

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested