२२०० बिन्दु माथि उक्लियो सेयर बजार
सोमबार सेयर बजार ४६.७६ अंकले बढेको छ। आज नेप्से परिसूचक २.१६ प्रतिशतले बढेर २२११.३८ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचक बढेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् आइतबार ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँ पुगेको छ।
आज २५७ वटा धितोपत्रको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच भएको छ। सोमबार अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढेको छ। आज बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर र सिंगटी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस्तै, राधी विद्युत कम्पनी, बाराही हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ९.९९, ९.९८ र ९.९७ प्रतिशतले बढेको छ।
आज सर्वाधिक मूल्य घट्नेमा स्वावलम्बन लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ३.५७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १ हजार ५९५ रुपैयाँमा झरेको छ। यस्तै, धैलागिरी लघुवित्तको सेयर मूल्य २.४४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ५६० रुपैयाँमा झरेको छ।
सोमबार सर्वाधिक सेयर खरिद–बिक्री रिडी पावर कम्पनीको भएको छ। आज उक्त कम्पनीको ६०० रुपैयाँमा २० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ६.१९ प्रतिशत बढेको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ङादी ग्रुप पावर रहेकोे छ। उक्त कम्पनीको ३१० रुपैयाँमा १६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक ०।७० प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
आज जलविद्युत समूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशतले बढेको छ। यस्तै, विकास बैंक, वित्त र व्यापार समूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का










binance konto
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.