English

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



नेपाल राष्ट्र बैंकले को विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ८० पैसा र बिक्रीदर १३२ रूपैयाँ ४० पैसा कायम गरिएको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको थियो। डलरको मूल्य अघिल्लो दिनको तुलनामा ३९ पैसा घटेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ र बिक्रीमा १४० रूपैयाँ ६४ पैसा पाइन्छ। बिहीबार युरो एकको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रीमा १४० रुपैयाँ ९० कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २६ पैसा घटेको हो। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १५९ रूपैयाँ ३४ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ९८ पैसा र बिक्रीमा ९० रूपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७ पैसा र बिक्रीमा ३६ रूपैयाँ २३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६ पैसा र बिक्रीदर ३५ रूपैयाँ २२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ४ पैसा र बिक्रीमा ३० रूपैयाँ १७ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५१ रूपैयाँ १७ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested