यस्तो छ आजको विनिमय दर
सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आइतबार एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही भाउमा किनबेच भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४२ रुपैयाँ तोकिएको छ। आइतबार युरो एकको खरिदमा भने १४० रुपैयाँ ७८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४२ पैसा कायम गरिएको थियो। आइतबारको तुलनामा आज युरो ५८ पैसा बढेको हो।
त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५९ रुपैयाँ ७६ पैसा र बिक्रीमा १६० रुपैयाँ ४९ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९० रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९० पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३० रुपैयाँ १२ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ८२ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८४ पैसा तोकिएको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










binance акаунтын ашу
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.